४ असार २०८३, बिहिबार । June 18, 2026

नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने


३० जेष्ठ २०८०, मंगलबार  

3
Shares

काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा समेत प्रदर्शन हुने भएको छ ।

यसअगाडि ‘प्रेम गीत ३’ प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई पनि प्रदर्शन गर्न दिने विषयमा चलचित्रका समूहसँग छलफल भएको चलचित्र विकास बोर्डका अध्ययक्ष भुवन केसीले जानकारी दिए । “यसअगाडिको नजिरअनुसार नै प्रक्रिया अपनाउन सुझाव दिएका छौँ”, उनले भने, “ ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको निर्देशनलाई नजिर मानेर ‘परस्त्री’लाई पनि सोही प्रक्रियाबमोजिम अनुमति दिनेछौँ ।”

बोर्डको यस्तो निर्णयपछि चलचित्रका निर्माताले रु तीन हजार दस्तुर तिरेर पुनः स्वराङ्कनका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि मात्र परस्त्रीले (हिन्दी डब) शीर्षकमा चलचित्रले सिफारिस पत्र पाउनेछ । नेपाली चलचित्रको सुविधासरह ‘रिलिज’ हुने भएपछि परस्त्री (हिन्दी डब)ले १५ प्रतिशत चलचित्र विकास शुल्क तिर्नुपर्ने छैन । मूल्य अभिवृद्धि कर १३ प्रतिशत र स्थानीय कर पाँच प्रतिशतसहित १८ प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।

नेपाली चलचित्र नेपालमै हिन्दी भाषामा प्रदर्शन हुने शैली सकारात्मक नभएको बोर्ड अध्यक्ष केसीले बताए । “मैले मन्त्रालयको निर्देशनलाई मानेको हुँ । चलचित्रकर्मीका रुपमा म यस कुरासँग सहमत छैन । किनकि नेपालमै हिन्दी भाषामा चलचित्र प्रदर्शन गरिनु राम्रो होइन”, उनले भने ।

चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले नेपाली निर्माताको लगानी रहेकाले नेपालीसरह सेवासुविधाको माग गरिएको जानकारी दिए । “हाम्रै नेपालीको लगानी रहेको चलचित्रलाई विदेशी सरह प्रदर्शन गरिनु न्यायोचित नहुन सक्छ । त्यही सन्दर्भलाई लिएर विकास बोर्डसम्म पुगेका हौँ”, वितरक श्रेष्ठले भने, “यसको सकारात्मक पक्षलाई पनि हेर्नुपर्छ ।

नेपाली निर्मातासँगको सहकार्यमा विदेशी लगानी भित्रिन सक्ने सम्भावना पनि छन् ।” कलाकार सुरज पाण्डेको निर्देशनमा तयार भएको यस चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गर्नुभएको छ ।

निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको चलचित्रलाई काठमाडौँमा करण श्रेष्ठ (जिजिए ग्रुप) र मोफसलमा अशोक शर्मा (डिसिएन) ले वितरण गर्नेछन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा