२१ मंसिर २०८२, शनिबार । December 6, 2025

चालु खाता घाटा रु साढे ५४ अर्ब, शोधनान्तर बचतमा



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा सरकारको चालु खाता घाटामा देखिएको छ भने शोधनान्तर स्थिति बचतमा छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू ५४ अर्ब ६७ करोडले घाटामा छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता रू ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा थियो । वैसाख मसान्तसम्ममा शोधनान्तर स्थिति रू २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा थियो । समीक्षा अवधिमा सरकारको पुँजीगत ट्रान्सफर २० दशमलव पाँच प्रतिशतले कमी आई रू ६ अर्ब ३६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रू ४ अर्ब ३६ करोड मात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रू ७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रू १६ अर्ब ६५ करोड थियो ।

गत वैशाख महिनामा नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०बाट ‘एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत दोस्रो किस्ता वापतको रू ६ अर्ब ८८ करोड (अमेरिकी डलर ५ करोड २७ लाख) सहुलियतपूर्ण ऋण लिएको राष्ट्र बैंकको तथ्याङ्कबाट देखिन्छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ४ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको