२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

चालु खाता घाटा रु साढे ५४ अर्ब, शोधनान्तर बचतमा


२६ जेष्ठ २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा सरकारको चालु खाता घाटामा देखिएको छ भने शोधनान्तर स्थिति बचतमा छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू ५४ अर्ब ६७ करोडले घाटामा छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता रू ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा थियो । वैसाख मसान्तसम्ममा शोधनान्तर स्थिति रू २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा थियो । समीक्षा अवधिमा सरकारको पुँजीगत ट्रान्सफर २० दशमलव पाँच प्रतिशतले कमी आई रू ६ अर्ब ३६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रू ४ अर्ब ३६ करोड मात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रू ७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रू १६ अर्ब ६५ करोड थियो ।

गत वैशाख महिनामा नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०बाट ‘एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत दोस्रो किस्ता वापतको रू ६ अर्ब ८८ करोड (अमेरिकी डलर ५ करोड २७ लाख) सहुलियतपूर्ण ऋण लिएको राष्ट्र बैंकको तथ्याङ्कबाट देखिन्छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ४ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ