८ चैत्र २०८२, आइतबार । March 22, 2026

साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिर्नुपर्ने


२१ जेष्ठ २०८०, आइतबार  

6
Shares

काठमाडौं । वार्षिक ६० लाख रुपियाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आयकरको ‘स्ल्याब’ मा परिवर्तन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । बजेटमा गरिएको व्यवस्था अनुसार आयकर ऐनमा संशोधन गर्दै सरकारले ६० लाख रुपियाँ करयोग्य आयमा एकल व्यक्तिको हकमा सो व्यवस्था गरेको हो । दम्पतीको हकमा भने उक्त बराबरको आयमा १८ लाख २६ हजार रुपियाँ तिर्नुपर्ने छ ।

संशोधित आयकरको व्यवस्थामा मुख्य गरी आयका दुई वटा स्ल्याबमा परिवर्तन गरिएको छ । बाँकी स्ल्याबमा भने चालु आवकै व्यवस्था निरन्तर गरिएको छ । पुरानै निरन्तरता पाएकामा पाँच लाखसम्मको करयोग्य आयमा एकल व्यक्ति एक प्रतिशत अर्थात् पाँच हजार रुपियाँ र दम्पतीको हकमा छ लाख रुपियाँसम्मको आम्दानीमा समान एक प्रतिशत अर्थात् छ लाख रुपियाँ आयकर तिर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै पाँच लाखभन्दा बढी सात लाखसम्म वार्षिक आम्दानी गर्ने एकल व्यक्तिको १० प्रतिशत अर्थात् २० हजार रुपियाँ र छ लाखभन्दा बढी आठ लाखसम्म आम्दानी गर्ने दम्पतीको १० प्रतिशत अर्थात् अधिकतम २० हजार रुपियाँ कर थप हुने छ । सात लाखभन्दा बढी १० लाखसम्मको आम्दानी गर्ने एकल व्यक्तिले २० प्रतिशत अर्थात् अधिकतम ६० हजार रुपियाँ कर थप गरेर तिर्नुपर्ने छ । आठ लाखभन्दा बढी ११ लाखसम्मको आम्दानीमा २० प्रतिशत अर्थात् अधिकतम ६० हजार रुपियाँ कर थप गर्नुपर्ने छ ।

१० लाखभन्दा बढी २० लाखसम्मको आम्दानीमा एकल व्यक्तिले ३० प्रतिशत अर्थात् अधिकतम तीन लाख र ११ लाखभन्दा बढी २० लाखसम्म आम्दानी गर्ने दम्पतीको हकमा ३० प्रतिशत अर्थात् अधिकतम दुई लाख ७० हजार रुपियाँ थप कर तिर्नुपर्ने छ । करको यी व्यवस्था चालु आवकै निरन्तरता हुन् । आगामी आर्थिक वर्षदेखि लागु हुने गरी दुई वटा करको स्ल्याब थप गरिएको छ ।

जसमध्ये २० लाखभन्दा ५० लाखसम्मको आम्दानीमा एकल व्यक्ति तथा दम्पतीले अधिकतम ३६ प्रतिशत अर्थात् अधिकतम १० लाख ८० हजार रुपियाँ कर थप गरेर तिर्नुपर्ने छ । चालु आर्थिक वर्षमा २० लाखभन्दा बढी जुनसुकै भए पनि ३६ प्रतिशत कर बुझाउनुपर्ने व्यवस्था भए पनि सरकारले यसमा ५० लाख रुपियाँसम्मको आम्दानी तोकेर अर्को स्ल्याब बनाएको हो । ५० लाखभन्दा माथि जतिसुकै करयोग्य आय भएमा कुल ३९ प्रतिशत अर्थात् तीन लाख ९० हजार थप कर तिर्नुपर्ने छ ।

यसरी ३९ प्रतिशत करको दर निर्धारण गर्दा ३० प्रतिशत आयकर लाग्ने स्ल्याब अनुसार निर्धारण हुने करमा थप ३० प्रतिशत थप गरेर निर्धारण गरिएको छ । आयकरको यो संशोधन आगामी आव अर्थात् साउनदेखि लागु हुने छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ११ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो