१ कार्तिक २०८३, आइतबार । October 18, 2026

सोमबार नेप्से परिसुचकमा एक अंकको बृद्धि


८ जेष्ठ २०८०, सोमबार  

3
Shares

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ दशमलव १० अंकले बढेको छ ।

कारोबार समयमा केही घटेपनि अन्तिम समयसम्ममा परिसूचक बढ्दै १८९१ अंकमा पुगेर रोकिएको हो । यस क्रममा आज १३३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको मूल्य घटेको छ । यस क्रममा आज १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको ३४ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ ।

नेप्से ८ अंकले बढेको दिन आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्दै १२ सय ४२ रुपैयाँमा पुगेको छ । यस्तै, युनिलिभर नेपालको सेयर मूल्य ७ प्रतिशतले बढेर २६हजार ७०० रुपैयाँ पुगेको छ । शिवम् सिमेन्टको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

आज यो कम्पनीको सेयर ७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको हो । यसपछि सोल्टी होटलको सेयर ६ करोड १७ लाख रुपैयाँको किनबेच भएको छ । परिसूचक बढेपनि आज व्यापार र बैंक समूहको सूचकमा भने गिरावट आएको छ । व्यापार समूह २० अंकले र बैंक समूह ०।२९ अंकले घटेका छन् ।

यसबाहेक आज कारोबार भएका सबै समूहको उपसूचक बढेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ४ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि