१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

सुन्दर अटोले बजारमा ल्यायो नयाँ विद्युतिय मोटरसाइकल ‘गन्तव्य’


५ जेष्ठ २०८०, शुक्रबार  

42
Shares

काठमाडौं । सुन्दर अटो ईन्जिनियरिङले गन्तव्य ईभी १००–एस मोटरसाइकल सार्वजनिक गरेको छ ।

सुन्दरले बिहिबार एक कार्यक्रमको आयोजना गरी गन्तव्य मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीले आफ्नै डिजाइन तयारी गरी सो इलेक्ट्रिक मोटरसाइकल नेपालमै बनाएको थियो । पछिल्लो समय विद्युतिय सवारीको माग बढीरहेको अवस्थामा नेपालको प्रविधि र स्रोत साधनको प्रयोग गरी निर्माण गरिएको मोटरसाइकल बजारमा ल्याउन पाउँदा खुसी लागेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।

अध्यक्ष थापाले उक्त मोटरसाइकलमा ३० देखि ४० प्रतिशत सामाग्री नेपाली र बाँकी अन्य देशबाट ल्याएर तयार गरिएको जानकारी दिए । ‘गन्तव्य ईभीको जाँच पास सरकारी निकायबाट भइसकेको र नम्बर प्लेट प्राप्तिको तयारीमा रहेको पनि अध्यक्ष थापाले बताए । गन्तव्य मोटरसाइकलमा १५०० वाटको मोटर र ५१.२ भोल्टेजको ब्याट्रीको जडान भएको छ । सुन्दर अटोका अनुसार यस बाइको अधिकतम गति २४ देखि ५५ किलोमिटर प्रति घण्टा रहेको छ ।

यसै गरी यस बाइकको रेन्ज १०० देखि १२० किलोमिटर रहेको छ । यस्तै, गन्तव्यको ग्राउन्ड क्लियरेन्स १५० मिलिमिटर छ भने यो फाइबर र पलास्टीकले बनेको हो । थापाका अनुसार गन्तव्य ईभी १००–एस मोटरसाइकलको मूल्य २ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली