१५ बैशाख २०८२, सोमबार । April 28, 2025

सुन्दर अटोले बजारमा ल्यायो नयाँ विद्युतिय मोटरसाइकल ‘गन्तव्य’



काठमाडौं । सुन्दर अटो ईन्जिनियरिङले गन्तव्य ईभी १००–एस मोटरसाइकल सार्वजनिक गरेको छ ।

सुन्दरले बिहिबार एक कार्यक्रमको आयोजना गरी गन्तव्य मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीले आफ्नै डिजाइन तयारी गरी सो इलेक्ट्रिक मोटरसाइकल नेपालमै बनाएको थियो । पछिल्लो समय विद्युतिय सवारीको माग बढीरहेको अवस्थामा नेपालको प्रविधि र स्रोत साधनको प्रयोग गरी निर्माण गरिएको मोटरसाइकल बजारमा ल्याउन पाउँदा खुसी लागेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।

अध्यक्ष थापाले उक्त मोटरसाइकलमा ३० देखि ४० प्रतिशत सामाग्री नेपाली र बाँकी अन्य देशबाट ल्याएर तयार गरिएको जानकारी दिए । ‘गन्तव्य ईभीको जाँच पास सरकारी निकायबाट भइसकेको र नम्बर प्लेट प्राप्तिको तयारीमा रहेको पनि अध्यक्ष थापाले बताए । गन्तव्य मोटरसाइकलमा १५०० वाटको मोटर र ५१.२ भोल्टेजको ब्याट्रीको जडान भएको छ । सुन्दर अटोका अनुसार यस बाइको अधिकतम गति २४ देखि ५५ किलोमिटर प्रति घण्टा रहेको छ ।

यसै गरी यस बाइकको रेन्ज १०० देखि १२० किलोमिटर रहेको छ । यस्तै, गन्तव्यको ग्राउन्ड क्लियरेन्स १५० मिलिमिटर छ भने यो फाइबर र पलास्टीकले बनेको हो । थापाका अनुसार गन्तव्य ईभी १००–एस मोटरसाइकलको मूल्य २ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

सङ्खुवासभामा चट्याङका कारण १७ भैँसी मरे

सङ्खुवासभा । मकालु गाउँपालिका–३ को कालोपातलमा वर्षासँगै आएको चट्याङका कारण

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी

इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने

शिक्षक संघर्ष जारीः अवस्था झन झन जटिल बन्दै

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूको प्रदर्शन काठमाडौंमा