काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तेस्रो दिन पनि स्थिर रहँदै १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य एक लाख ९ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ७ सयमा कारोबार भइरहेको छ ।
बिहीबार एक लाख ९ हजार ७ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।
प्रतिक्रिया