३ आश्विन २०८३, शनिबार । September 20, 2026

आजदेखि मेलम्चिको पानि दुई साताका लागि बन्द


१ जेष्ठ २०८०, सोमबार  

6
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १ गते अर्थात सोमबार देखि दुई साताका लागि मेलम्चिको पानी वितरण बन्द भएको छ ।

आयोजना स्थलको मुहानमा मर्मत सम्भार गर्न भन्दै पानी वितरण बन्द गरिएको हो । हेलम्बु–१ स्थित आयोजनाको गेट नम्बर– ९ मा रहेको मुहान तथा हेडवक्र्समा सिलिण्डर र गेट नम्बर १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिएको हो ।

मर्मतको काम सकिएपछि भने सामान्य बाढी आएका बेलामा पनि आयोजना सञ्चालनमै राख्न सकिने छ । मेलम्चीको पानी पहिलोपटक २०७७ फागुन २२ गते सुन्दरीजलमा ल्याइएको थियो । सोही वर्षको चैत १५ देखि परीक्षण स्वरुप पानी वितरण गरिएको थियो । तर २०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठूलो क्षति पुर्याएपछि पानी वितरण बन्द भएको थियो ।

तर मुख्य सुरुङ सुरक्षित रहेकाले ढुंगा माटो पन्छाएर २०७८ चैत अन्तिमतिर पुनः पानी वितरण गरिएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ९ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली