३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

आएपिएल क्रिकेट

५९ रनमा समेटियो राजस्थान रोयल्स


३१ बैशाख २०८०, आइतबार  

6
Shares

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ५९ रनमा अलआउट भएको छ ।

आइतबार राति भएको खेलमा राजस्थान रोयल च्यालेन्जर्स बेंगलोरसँग ११२ रनको फराकिलो अन्तरले पराजित भएको छ । हारपछि राजस्थानको प्लेअफ पुग्ने सम्भावना कम हुँदै गएको छ । बेंगलोर १२ खेलबाट १२ अंकसहित पाँचौ स्थानमा उक्लेको छ । १३ खेलबाट १२ अंक रहेको राजस्थान छैटौं स्थानमा छ ।

राजस्थानको घरेलु मैदान सवाई मानसिंह स्टेडियम, जयपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । बेंगलोरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक ५५ रन बनाए । उनले ४४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । यस्तै ग्लेन म्याक्सवेलले ३३ बलमा ५ चौका र ३ छ्कका प्रहार गर्दै ५४ रन बनाए ।

विराट कोहलीले १८ रन बनाए । अनुज रावतले ११ बलमा ३ चौका र २ छक्का प्रहार गरी अविजित २९ रन बनाए । राजस्थानका एडम जाम्पा र केएम आसिफले समान २ विकेट लिए । १७२ रनको लक्ष्य पछ्याएको राजस्थान १०।३ ओभरमै ५९ रनमा अलआउट भयो ।

राजस्थानका लागि शिमरन हेतमायरले सर्वाधिक ३५ र र जो रुटले १० रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । राजस्थानलाई अलआउट गर्न बेंगलोरका वायने पार्नेलले २ तथा माइकल ब्रेसवेल र कर्ण शर्माले समान २ विकेट लिए ।

मोहम्मद शिराज र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि