४ असार २०८३, बिहिबार । June 18, 2026

नारायणपुर विमानस्थलका लागि इआइए गरिँदै


३० बैशाख २०८०, शनिबार  

9
Shares

दाङ । दाङको नारायणपुरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तयारीको काम अघि बढेको छ ।

इआइएका लागि यही वैशाख १० गते नै सार्वजनिक सूचना जारी गरिसकेको छ । प्राकृतिक, भौतिक प्रणाली, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा कस्तो असर पार्छ भनी नागरिक उड्डयन प्राधिकरणले इआइए गर्न लागेको इन्जिनियर मुरारी भण्डारीले जानकारी दिए।

आन्तरिक उडानका लागि घोराही उपमहानगरपालिका–८ र ९ मा पर्ने नारायणपुरमा विमानस्थल निर्माणका लागि इआइए थालिएको उनले बताए । “तीन हजार दुई सय मिटर लम्बाइ र ४५ मिटर चौडाइ रहने, ट्याक्सी मार्ग, एप्रोन विमानस्थल टर्मिनल, कार्गो भवन, पार्किङ क्षेत्र, जलवायु मापण केन्द्र, राडर, इन्धन डिपो, उद्धार तथा अग्नि नियन्त्रण स्टेसन, स्टाफ क्वाटर, प्रहरी पोष्ट, प्रकोप सहायता केन्द्र, स्टाफ क्वाटर निर्माण गर्ने गरी तयारी गरिएको छ”, इन्जिनियर भण्डारीले भने ।

उनका अनुसार विमानस्थल निर्माणका लागि तीन सय ६४ हेक्टर जग्गा आवश्यक पर्दछ । दाङको तुलसीपुरमा विसं २०११ सालमा विमानस्थल स्थापना भएको थियो । हाल उक्त विमानस्थलमा १९ सिटे टिवनेटर विमान मात्रै अवतरण गर्न सक्छ । अहिले यस विमानस्थलमा सात सय ५० मिटर लम्बाइ धावनमार्ग छ ।

उक्त धावनमार्ग विस्तारका लागि इआइए तयार गर्न लागिएको इन्जिनियर भण्डारीको भनाइ थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा