९ श्रावण २०८३, शनिबार । July 26, 2026

प्रतिनिधिसभामा सांसदको ‘इलेक्ट्रोनिक हाजिरी’ हुने


२४ बैशाख २०८०, आइतबार  

3
Shares

काठमाडौं । प्रतिनिधिसभा सांसदको अब ‘इलेक्ट्रोनिक हाजिरी हुने भएको छ।

आइतबार बसेको कार्यव्यवस्था परासमर्श समितिको बैठकले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो। प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले उक्त ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरुको उपस्थिति बढाउने गरी इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने जानकारी समेत घिमिरेले बताए। ‘संसद सचिवालयलाई ई–हाजिरीको तयारी गर्न र राष्ट्रियसभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु,’ उनले भने। परामर्श समितिको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरू सहभगाी थिए।

‘संसदमा माननीयहरूको उपस्थिति कमजोर भएको छ। सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ,’ उनले भने, ‘दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु।’ घिमिरेले प्रधानमन्त्री र मन्त्रीहरुको संसदमा उपस्थितिलाई लिएर पनि बैठकमा ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  २ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर