१५ बैशाख २०८२, सोमबार । April 28, 2025

प्रतिनिधिसभामा सांसदको ‘इलेक्ट्रोनिक हाजिरी’ हुने



काठमाडौं । प्रतिनिधिसभा सांसदको अब ‘इलेक्ट्रोनिक हाजिरी हुने भएको छ।

आइतबार बसेको कार्यव्यवस्था परासमर्श समितिको बैठकले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय गरेको हो। प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले उक्त ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरुको उपस्थिति बढाउने गरी इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने जानकारी समेत घिमिरेले बताए। ‘संसद सचिवालयलाई ई–हाजिरीको तयारी गर्न र राष्ट्रियसभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु,’ उनले भने। परामर्श समितिको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरू सहभगाी थिए।

‘संसदमा माननीयहरूको उपस्थिति कमजोर भएको छ। सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ,’ उनले भने, ‘दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु।’ घिमिरेले प्रधानमन्त्री र मन्त्रीहरुको संसदमा उपस्थितिलाई लिएर पनि बैठकमा ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  २ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

सङ्खुवासभामा चट्याङका कारण १७ भैँसी मरे

सङ्खुवासभा । मकालु गाउँपालिका–३ को कालोपातलमा वर्षासँगै आएको चट्याङका कारण

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी

इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने

शिक्षक संघर्ष जारीः अवस्था झन झन जटिल बन्दै

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूको प्रदर्शन काठमाडौंमा