४ पुस २०८२, शुक्रबार । December 20, 2025

टुकुचा ढल नभइ खोला नै होः उच्च अदालत पाटन



काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँ उपत्यकाको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) ढल नभइ खोला नै भएको फैसला गरेको छ ।

काठमाडौं महानगरपालिकाले जय नेपाल हलबाट कमलादी क्षेत्रसम्मको नदी छोपिएको भन्दै खुला गर्न सुरु गरेपछि अदालतमा मुद्दा परेको थियो । अदालतले गरेको फैसलाको पूर्णपाठमा खोला नै भन्ने उल्लेख भएपछि जग्गा प्राप्तिसम्बन्धी कानुन अनुसार नदीमाथिको जग्गा लिइएको हो वा होइन भनी नापी कार्यालयलगायत सरोकार भएका निकायसँग बुझ्न लागिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । ‘खोला भएकाले यसको पहिचान हुन्छ । यससँग जोडिएको जमिन सार्वजनिक हुन्छ’, उच्च अदालतको पूर्णपाठबारे उनले सुनाए ।

कानुनबमोजिम जग्गा प्राप्ति गरेको भए लगत कट्टा गर्ने महानगरपालिकाको तयारी छ । लगत कट्टापछि फेरि काम सुरु गर्ने मानन्धर बताउँछन् । अदालतका प्रवक्ता मन्दिरा शाहीले पनि टुकुचा ढल नभइ खोला नै भएको फैसलामा उल्लेख गरिएको जानकारी दिए ।

महानगरपालिका प्रमुख बालेन्द्र शाहले आजै सामाजिक सञ्जालमा अदालतको फैसलापछि विधिसम्मत तरिकाले महानगरपालिकाले सुरु गरेको खोला र त्यसको दायाँबायाँको जग्गाा संरक्षण गरिने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले