२ जेष्ठ २०८२, बिहिबार । May 15, 2025

चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने



काठमाडौं । बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने भएको छ ।

‘द पाल्म गुप्र प्रालि’ले निर्माण गरेको चलचित्रमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको निर्माता शेखर लामाले बताए । चलचित्र डोल्पा जिल्लाको शे फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको छ ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई चलचित्रमा उजागर गरिएको छ । चलचित्र निर्देशन देवजङ्ग थापा तथा छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् ।

चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको हो भने चलचित्रमा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ । चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खसीको नाममा बाख्रीको मासु बेच्ने पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका–१ जितगढीका मेराज शाहलाई खसीको मासुको नाममा

गाजामा इजरायली आक्रमण: ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाले मङ्गलबार राति र बुधबार

सतुंगलको कपडा पसलमा भीषण आगलागी, ६ दमकलको प्रयासपछि नियन्त्रणमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा आज

युट्युब हेरेर सीप सिकिन्, महिनामा ६० हजार कमाउने उद्यमी बनिन् बसन्ती

कञ्चनपुर । कञ्चनपुर, पुनर्वास–३ की बसन्ती चन्द अब घर खर्चका

काठमाडौंमा चिनियाँ उपाध्यक्ष सियाओ: सगरमाथा संवाददेखि सांस्कृतिक यात्रासम्म

काठमाडौं । नेपाल – चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष