४ असार २०८३, बिहिबार । June 18, 2026

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने


१९ बैशाख २०८०, मंगलबार  

3
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको आकार झण्डै ५४ खर्ब पुग्ने भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको २०७९/८० को राष्ट्रिय लेखा विवरणअनुसार अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने भएको हो । चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्र कायम हुने अनुमान गरेको छ । सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो ।

तर, मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव रामप्रसाद थपलियाले आगामी दिनमा अन्तराष्ट्रिय मूल्य मान्यतालाई आत्मसाथ गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाल सरकारलाई उपलव्ध आँकडा अनुसार वजेट तर्जुमा गर्नको लागि र समग्र आर्थिक क्रियाकलालप सञ्चालन गर्न मितव्ययिता र खर्चमा पनि बढोत्तरी गर्न आवश्यक छ ।’ यस्तै, तथ्यांक कार्यालयका प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय वार्षिककक १ हजार ३ सय ९९ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर पुगेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ४ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा