३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

दुगडले एकै वर्षमा गर्यो २ अर्ब ३० करोड व्यापार



काठमाडौं । नेपाली बजारमा सेन्चुरी ब्रान्डको मसला बिक्री गर्ने दुगड स्याइसेस एण्ड फुड प्रोडक्ट प्रालिले एकै वर्ष २ अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ ।

मोतिलाल दुगड अध्यक्ष रहेको यस कम्पनीले सन् २०२२ मा २ अर्ब ३० करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले विभिन्न प्रकारका परम्परागत मसला, स्न्याक्स, नमकिन, अचार, फलफूलको जाम, जेलिस, चकलेट, ड्राई फ्रुट एण्ड नट्स, ब्रेकफास्ट सिरियल, सीटीसी चिया उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । वार्षिक १५ हजार ३० मेट्रिक टन वस्तु उत्पादन गर्दै आएको कम्पनीले जानकारी दिएको छ ।

साथै, कम्पनीले उक्त वस्तु नेपालमा मात्रै नभई विदेशमा पनि बिक्री वितरण गर्दै आएको छ । यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि ५० करोड ५८ लाख रुपैयाँ अर्थात् डबल बी र अल्पकालीन कर्जाका लागि ४९ करोड ४१ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

त्यस्तै कम्पनीले सन् २०२२ मा ६ करोड रुपैयाँ लाभांस वितरण गरेको छ भने ३।२५ प्रतिशत नाफा कमाएको छ । कम्पनीले स्न्याक्स, नमकिन, स्पाइसेस र अचार उत्पादनका विभिन्न प्रकारका कच्चा पदार्थ गहुँको पिठो, पाम तेल, पामोलिन, स्पाइसेस, प्याकेजिङजस्ता वस्तु स्वदेशीसँगै भारत, मलेसिया र इन्डोनेसियाबाट आयात गरी खपत गरिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं