३ आश्विन २०८३, शनिबार । September 20, 2026

१५ घण्टादेखि पृथ्वी राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र


१९ बैशाख २०८०, मंगलबार  

3
Shares

काठमाडौं । सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग अझै खुलेको छैन ।

सोमबार दिउँसो धादिङको धार्केस्थित गणेश खोला पुल नजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध हो । दिउँसो ४ बजेदेखि ठप्प उक्त सडक सोमबार बेलुकादेखि नै खुलाउने प्रयास भइरहे पनि साँघुरो ठाउँ भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सयौँ गाडी र हजारौँ यात्रु अलपत्र परेका छन् ।

अत्यावश्यक कामले आउजाउ गर्ने झन ठूलो मारमा परेका छन् । कोही नजिकै रहेका आफन्तकोमा गए पनि धेरैजसोले गाडी भित्रै बसेर रात कटाएको प्रहरीले जनाएको छ । रातभर काम गरे पनि साँघुरो सडक भएका कारण समस्या भएको सडक प्रहरीले जनाएको छ ।

नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार सेना, प्रहरी, सडक विभाग लगायतको प्रयासमा सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली