७ चैत्र २०८२, शनिबार । March 22, 2026

काठमाडौंमा ‘कोरियन ड्रीम’ को चर्चा


१३ बैशाख २०८०, बुधबार  

60
Shares

काठमाडौं । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘कोरियन ड्रीम’ पुस्तकको विवेचना गरिएको छ ।

प्राज्ञ, लेखक, पत्रकार, बुद्धिजीवी र विभिन्न राजनीतिक दलसम्बद्ध ब्यक्तित्वहरुका बीचमा सो बिबेचनाको आयोजना गरिएको हो । विवेचनाको प्रारम्भ गर्दै प्रा डा रामचन्द्र पोखरेलले दक्षिण कोरियाली मूलका अमेरिकी डा. ह्योन जिन प्रेस्टन मुन ले लेखेको पुस्तक ‘कोरियन ड्रीम’ ले समकालीन पूर्वी एशियाली क्षेत्र र सम्पूर्ण बिश्व मै शान्ति स्थापनाको मार्गचित्र प्रस्तुत गरेको बताए । उनले भने, ‘कोरियन ड्रीम’ पुस्तकमा लेखक डा मुन एक सच्चा बिश्व शान्ति दूतको रूपमा देखिन्छन् ।’

उनका अनुसार ‘कोरियन ड्रीम’ आम सर्वसाधारण सबैले पढ्नु पर्ने पुस्तक हो । यसको अध्ययनले विश्व राजनीतिलाई फरक ढंगले हेर्न र कोरियाली प्रायद्वीपका विविध बिषयलाई बहुआयामिक रुपले बुझ्न धेरै ठूलो सघाउ पुग्छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा आयोजक संस्था फेमिली पिस असोसियसनका अन्तरराष्ट्रिय उपाध्यक्ष क्युङ हो किम ले कोरियन ड्रीम पुस्तकका लेखक डाक्टर ह्योन जुन मुनको संघर्षशील र अनुकरणीय ब्यक्तित्वको चर्चा गरे ।

अर्का वक्ता ध्रुब लामिछानेले ‘कोरियन ड्रीम’ पुस्तकको मूल मर्म ‘बसुधैव कुटुम्बकम’ रहेको बताए । सहभागीहरुले उक्त कार्यक्रमको बारेमा सकारात्मक प्रतिक्रिया दिए । आफ्नो प्रतिक्रिया ब्यक्त गर्दै प्राध्यापक डाक्टर राम उपाध्यायले कोरियाली प्रायद्वीपको आफ्नै बेग्लै र एकीकृत पहिचानलाई बिश्व शान्तिको निम्ति एक रोल मोडल मान्न सकिने बताए ।

त्यसको लागि डाक्टर मूनको पुस्तक कोरियन ड्रीममा बहुकोणिय व्याख्या गरेको बताए । अर्का सहभागी उर्जाविद् अनिरुद्ध साहले कोरियन ड्रीम जस्तो महत्त्वपूर्ण पुस्तकको बारेमा गरिने सकारात्मक विवेचनाले नेपाली र कोरियाली जनमानसबीचमा बलियो सम्बन्ध स्थापित गर्न थप बल पुग्ने दावी गरे । बिश्लेषक डाक्टर बिजयप्रसाद मिश्रले भने, ‘अबको शताब्दीलाई एशियाली राष्ट्रहरुको नेतृत्वमा अघि बढाउन को लागि कोरियन ड्रीमले उठाएका सन्दर्भहरु अत्यन्तै सामयिक र बिचारणीय छन् ।’

बैचारिक मन्थनको कार्यक्रमको सहजीकरण एफपीए, नेपालका अध्यक्ष डाक्टर किशोरकुमार राजभण्डारीले गरे ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  २ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो