२८ आश्विन २०८१, सोमबार । October 14, 2024

काठमाडौंमा ‘कोरियन ड्रीम’ को चर्चा



काठमाडौं । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘कोरियन ड्रीम’ पुस्तकको विवेचना गरिएको छ ।

प्राज्ञ, लेखक, पत्रकार, बुद्धिजीवी र विभिन्न राजनीतिक दलसम्बद्ध ब्यक्तित्वहरुका बीचमा सो बिबेचनाको आयोजना गरिएको हो । विवेचनाको प्रारम्भ गर्दै प्रा डा रामचन्द्र पोखरेलले दक्षिण कोरियाली मूलका अमेरिकी डा. ह्योन जिन प्रेस्टन मुन ले लेखेको पुस्तक ‘कोरियन ड्रीम’ ले समकालीन पूर्वी एशियाली क्षेत्र र सम्पूर्ण बिश्व मै शान्ति स्थापनाको मार्गचित्र प्रस्तुत गरेको बताए । उनले भने, ‘कोरियन ड्रीम’ पुस्तकमा लेखक डा मुन एक सच्चा बिश्व शान्ति दूतको रूपमा देखिन्छन् ।’

उनका अनुसार ‘कोरियन ड्रीम’ आम सर्वसाधारण सबैले पढ्नु पर्ने पुस्तक हो । यसको अध्ययनले विश्व राजनीतिलाई फरक ढंगले हेर्न र कोरियाली प्रायद्वीपका विविध बिषयलाई बहुआयामिक रुपले बुझ्न धेरै ठूलो सघाउ पुग्छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा आयोजक संस्था फेमिली पिस असोसियसनका अन्तरराष्ट्रिय उपाध्यक्ष क्युङ हो किम ले कोरियन ड्रीम पुस्तकका लेखक डाक्टर ह्योन जुन मुनको संघर्षशील र अनुकरणीय ब्यक्तित्वको चर्चा गरे ।

अर्का वक्ता ध्रुब लामिछानेले ‘कोरियन ड्रीम’ पुस्तकको मूल मर्म ‘बसुधैव कुटुम्बकम’ रहेको बताए । सहभागीहरुले उक्त कार्यक्रमको बारेमा सकारात्मक प्रतिक्रिया दिए । आफ्नो प्रतिक्रिया ब्यक्त गर्दै प्राध्यापक डाक्टर राम उपाध्यायले कोरियाली प्रायद्वीपको आफ्नै बेग्लै र एकीकृत पहिचानलाई बिश्व शान्तिको निम्ति एक रोल मोडल मान्न सकिने बताए ।

त्यसको लागि डाक्टर मूनको पुस्तक कोरियन ड्रीममा बहुकोणिय व्याख्या गरेको बताए । अर्का सहभागी उर्जाविद् अनिरुद्ध साहले कोरियन ड्रीम जस्तो महत्त्वपूर्ण पुस्तकको बारेमा गरिने सकारात्मक विवेचनाले नेपाली र कोरियाली जनमानसबीचमा बलियो सम्बन्ध स्थापित गर्न थप बल पुग्ने दावी गरे । बिश्लेषक डाक्टर बिजयप्रसाद मिश्रले भने, ‘अबको शताब्दीलाई एशियाली राष्ट्रहरुको नेतृत्वमा अघि बढाउन को लागि कोरियन ड्रीमले उठाएका सन्दर्भहरु अत्यन्तै सामयिक र बिचारणीय छन् ।’

बैचारिक मन्थनको कार्यक्रमको सहजीकरण एफपीए, नेपालका अध्यक्ष डाक्टर किशोरकुमार राजभण्डारीले गरे ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  २ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

श्रीलंकाविरुद्धको पहिलो टी–२० खेलमा वेस्ट इन्डिज विजयी

एजेन्सी । श्रीलंकाविरुद्धको पहिलो टी–२० खेलमा वेस्ट इन्डिजले पाँच विकेटको

युरोपियन नेसन्स लिगः इङ्गल्यान्डसँग ३–१ गोल अन्तरले पराजित भयो फिनल्यान्ड

एजेन्सी । युरोपियन नेसन्स लिगमा इङ्गल्यान्डले फिनल्यान्डविरुद्ध सहज जित दर्ता

यस्तो छ सोमबारका लागि विदेशी मुद्रोको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र

बडादशैंको तेस्रो दिनः आजपनि मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीको दिन सोमबार पनि मान्यजनबाट नवदुर्गाको