५ आश्विन २०८३, सोमबार । September 21, 2026

नेपालमा दर्ता भयो गुगल


८ बैशाख २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । विश्व बजारको प्राविधिक दिग्गज कम्पनी ‘गुगल एलएलसी’ पनि नेपालको कर प्रणालीमा दर्ता भएको छ ।

गुगल चालु आर्थिक वर्ष २०७९/८० को विद्युतीय सेवा कर तिर्ने गरी आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा दर्ता भएको हो । विभागले जनाएअनुसार अब गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा करअनुसार नै कर तिर्ने गरी दर्ता भएको हो । सिङ्गापुरस्थित क्षेत्रीय कार्यालयका नाममा गुगल नेपालमा दर्ता भएको हो ।

सरकारले आर्थिक वर्ष २०७९/८० देखि गैर बासिन्दा व्यक्तिले पनि नेपालका उपभक्तलाई उपलब्ध गराइने विद्युतीय सेवा बापतको कारोबार मूल्यमा २ प्रतिशतका दरले कर तिर्नु पर्ने व्यवस्था लागू गरेको छ । गुगलले सोही अनुसार नेपालका उपभोक्तालाई सेवा प्रदान गरेर कमाएको कुल रकमको दुई प्रतिशत नेपालमा बुझाउनु पर्ने छ तर नेपालबाट गुगलले वार्षिक कति आम्दानी गर्छ भन्ने आधिकारिक तथ्याङ्क भने सरकारसँग छैन ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १२ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा