३० चैत्र २०८१, आइतबार । April 13, 2025

राष्ट्रिय सुरक्षा र लोककल्याणकारी कार्यमा नेपाली सेनाको अब्बल भूमिका

देश अराजक अवस्थामा उन्मुख भइरहेको चुनौतीपूर्ण घडीमा सेनालाई कमजोर बनाउने आन्तरिक र बाह्य शक्तिको देखि राष्ट्रबादी देशभक्तहरु सँधै चनाखो हुनु जरुरी छ।



नेपालको जग निर्माण गर्ने सेनाका बारेमा बेलाबखत बाह्य शक्तिहरुले मनोवैज्ञानिक रुपमा सैन्य शक्तिलाई कमजोर बनाउने प्रयत्न गर्ने गर्छन् ।

नेपालको बिकास निर्माण र भूराजनीतिक अवस्थालाई मध्यनजर राखेर सेनाले विकास निर्माणको काममा अग्रसरता देखाउनु नकारात्मक भन्न मिल्दैन। नेपालको इतिहासमा सेनाले कहिलेपनि राज्यसत्तालाई दबाब दिने प्रयत्न गरेको देखिएको छैन। राष्ट्रियता कमजोर भएको अवस्था प्रजातन्त्रको र नागरिक सर्वोच्चताको नाउँमा सार्वभौम अखण्डतामाथि आँच पुग्ने परिस्थितिमा सार्वभौमसत्ताको रक्षा गर्नु सेनाको परम कर्तव्य पनि हो।

नेपाली सेना राष्ट्र,‌‌ राष्ट्रियता र प्रजातन्त्रप्रति सधै समर्पित रहँदै आएको इतिहास आफै बोल्दछ। देश अराजक अवस्थामा उन्मुख भइरहेको चुनौतीपूर्ण घडीमा सेनालाई कमजोर बनाउने आन्तरिक र बाह्य शक्तिहरु देखि राष्ट्रबादी देशभक्तहरु सँधै चनाखो हुनु जरुरी छ। सेना भित्रको आर्थिक विसंगतिलाई पनि निराकरण गर्न सकिन्छ । २००७ सालदेखि अहिलेसम्म नेपाली सेनालाई निरन्तर आक्रमण हुँदै आएको छ।

विदेशी शक्तिहरूले नेपालको स्वाधिनतामाथि चलखेल गर्न यस्ता कुत्सित विचारहरू बजारमा आइरहन्छ। भूगोलको मात्र होइन सेनाले सांंस्कृतिक वैभवहरुलाई समेत संरक्षण गर्दै आएको छ। युवाहरूको रोजगारीको लागि आकर्षणको केन्द्र बनेको नेपाली सेनामा संख्यात्मक कटौती होइन अझ बढाउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ। युवाहरूलाई विकास निर्माण र आन्तरिक उत्पादनमा समेत संलग्न गराई एक घर एक सेनाको नीति सरकारले निर्माण गर्नुपर्ने आवश्यकता भएको छ।

सभ्य देश भक्तिले ओतप्रोत भएको नेपालीले सेनाको संख्या घटाउने परिकल्पना पनि गर्नसक्दैन। भारतको सुरक्षा छाताभित्र राख्ने प्रयत्न असफल भइसकेपछि तिनैका अवशेषहरुले अझपनि धमिरा बनेर नेपालको राष्ट्रियतालाई कमजोर बनाउने परिकल्पनामा लागिरहेको अनुभूत हुन्छ। हरक्षेत्रमा अस्थिरता उत्पन्न भएको जटिल परिस्थितिमा सेनाजस्तो अनुशासित र बलियो राष्ट्रिय शक्तिलाई अझ बढी समयसापेक्ष ढंगले शक्ति सम्पन्न बनाउँदै अघि बढ्नुपर्ने बेलामा सेनाको सैन्य संगठन माथि भद्दा मजाक गर्ने पात्रहरूलाई नेपाली हो भन्न सकिन।

लोककल्याणकारी कार्य र राष्ट्रिय सुरक्षा नीतिमा नेपाली सेनाको अब्बल भूमिकालाई कसैले पनि औंला उठाउन सक्दैन। संयुक्त राष्ट्रको शान्तिसेनामा समेत सेनाको भूमिका प्रशंसनीय छ भन्ने जगजाहेरै छ।

लेखकः राजनीतिक विश्लेषक तथा सामाजिक अभियान्ता हुन ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ६ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कति छ आइतबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको एकको

एनएसएल:ललितपुर प्लेअफमा पुग्ने पहिलो टोली, बुटवल प्रतियोगिताबाट बाहिर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित

गुजरातको चार खेलको विजयी लयमा लखनउको झड्का

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तर्गत शनिबार भएको

हैदराबादले रच्यो इतिहासः अभिषेक शर्माको शतकले दिलायो रोमाञ्चक जित

शनिबार राजीव गान्धी स्टेडियममा आयोजित आईपीएल खेलमा सनराइजर्स हैदराबादले पन्जाब

धार्मिक उल्लासबीच हिंसात्मक मोड, वीरगञ्जमा कर्फ्यु लागू

वीरगञ्ज, पर्सा । शनिबार वीरगञ्जमा हनुमान जन्मोत्सवको अवसरमा आयोजना गरिएको