४ असार २०८३, बिहिबार । June 18, 2026

राष्ट्रिय सुरक्षा र लोककल्याणकारी कार्यमा नेपाली सेनाको अब्बल भूमिका

देश अराजक अवस्थामा उन्मुख भइरहेको चुनौतीपूर्ण घडीमा सेनालाई कमजोर बनाउने आन्तरिक र बाह्य शक्तिको देखि राष्ट्रबादी देशभक्तहरु सँधै चनाखो हुनु जरुरी छ।



नेपालको जग निर्माण गर्ने सेनाका बारेमा बेलाबखत बाह्य शक्तिहरुले मनोवैज्ञानिक रुपमा सैन्य शक्तिलाई कमजोर बनाउने प्रयत्न गर्ने गर्छन् ।

नेपालको बिकास निर्माण र भूराजनीतिक अवस्थालाई मध्यनजर राखेर सेनाले विकास निर्माणको काममा अग्रसरता देखाउनु नकारात्मक भन्न मिल्दैन। नेपालको इतिहासमा सेनाले कहिलेपनि राज्यसत्तालाई दबाब दिने प्रयत्न गरेको देखिएको छैन। राष्ट्रियता कमजोर भएको अवस्था प्रजातन्त्रको र नागरिक सर्वोच्चताको नाउँमा सार्वभौम अखण्डतामाथि आँच पुग्ने परिस्थितिमा सार्वभौमसत्ताको रक्षा गर्नु सेनाको परम कर्तव्य पनि हो।

नेपाली सेना राष्ट्र,‌‌ राष्ट्रियता र प्रजातन्त्रप्रति सधै समर्पित रहँदै आएको इतिहास आफै बोल्दछ। देश अराजक अवस्थामा उन्मुख भइरहेको चुनौतीपूर्ण घडीमा सेनालाई कमजोर बनाउने आन्तरिक र बाह्य शक्तिहरु देखि राष्ट्रबादी देशभक्तहरु सँधै चनाखो हुनु जरुरी छ। सेना भित्रको आर्थिक विसंगतिलाई पनि निराकरण गर्न सकिन्छ । २००७ सालदेखि अहिलेसम्म नेपाली सेनालाई निरन्तर आक्रमण हुँदै आएको छ।

विदेशी शक्तिहरूले नेपालको स्वाधिनतामाथि चलखेल गर्न यस्ता कुत्सित विचारहरू बजारमा आइरहन्छ। भूगोलको मात्र होइन सेनाले सांंस्कृतिक वैभवहरुलाई समेत संरक्षण गर्दै आएको छ। युवाहरूको रोजगारीको लागि आकर्षणको केन्द्र बनेको नेपाली सेनामा संख्यात्मक कटौती होइन अझ बढाउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ। युवाहरूलाई विकास निर्माण र आन्तरिक उत्पादनमा समेत संलग्न गराई एक घर एक सेनाको नीति सरकारले निर्माण गर्नुपर्ने आवश्यकता भएको छ।

सभ्य देश भक्तिले ओतप्रोत भएको नेपालीले सेनाको संख्या घटाउने परिकल्पना पनि गर्नसक्दैन। भारतको सुरक्षा छाताभित्र राख्ने प्रयत्न असफल भइसकेपछि तिनैका अवशेषहरुले अझपनि धमिरा बनेर नेपालको राष्ट्रियतालाई कमजोर बनाउने परिकल्पनामा लागिरहेको अनुभूत हुन्छ। हरक्षेत्रमा अस्थिरता उत्पन्न भएको जटिल परिस्थितिमा सेनाजस्तो अनुशासित र बलियो राष्ट्रिय शक्तिलाई अझ बढी समयसापेक्ष ढंगले शक्ति सम्पन्न बनाउँदै अघि बढ्नुपर्ने बेलामा सेनाको सैन्य संगठन माथि भद्दा मजाक गर्ने पात्रहरूलाई नेपाली हो भन्न सकिन।

लोककल्याणकारी कार्य र राष्ट्रिय सुरक्षा नीतिमा नेपाली सेनाको अब्बल भूमिकालाई कसैले पनि औंला उठाउन सक्दैन। संयुक्त राष्ट्रको शान्तिसेनामा समेत सेनाको भूमिका प्रशंसनीय छ भन्ने जगजाहेरै छ।

लेखकः राजनीतिक विश्लेषक तथा सामाजिक अभियान्ता हुन ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ६ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा