२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

भाइरल गीत ‘हैजिरा फूल्याको छैक्या’ सार्वजनिक हुने

टुक्कामात्रै सुन्न पाएका स्रोताले अब पुरा गीत हेर्न र सुन्न पाउने



काठमाडौं । केही समय अघि टिकटकमा निकै भाइरल भएको गीत ‘हैजिरा फूल्याको छैक्या’ सार्वजनिक हुने भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँतीले राष्ट्रिय नाचघर जमलमा शुक्रबार साँझ यो गीत सार्वजनिक गर्नेछन् । हैजिरा फैल्याको छैक्या बोलको गीतका टुक्काहरु केही समय अघि टिकटकमा निकै भाइरल भएका थिए । तर, यो गीतका टुक्कामात्रै सुन्न पाएका स्रोताले अब पुरा गीत हेर्न र सुन्न पाउने भएका हुन् ।

सुदूरपश्चिमको कलासंस्कृति र पर्यटन प्रवर्द्धनका लागि ’हैजिरा फूल्याको छैक्या’ बोलको देउडा गीत बनेको हो । यो गीतमा सुदुरपश्चिम प्रदेशका ९ ओटै जिल्लालाई समावेश गरिएको छ र त्यसबारे जानकारी दिइएको छ । यस देउडा गीतले सुदूरपश्चिमको कलासंस्कृतिलाई समेत उजागर गरेको छ ।

गीतमा कैलाली र बर्दियाको सीमानाका रुपमा रहेको कर्णाली पुललाई विशेष प्रथमिकता दिइएको छ । यो गीतका रचनाकार चिसापानी एड्भेन्चर रिर्सोटका सञ्चालक तपेन्द्र रावल हुन् भने चर्चित देउडा गायक चक्र बम, रेखा जोशीले यसमा स्वर दिएका छन् । साथै चर्चित बाल गायीका पुजा देवकोटा र रचनाकार तपेन्द्र रावलको समेत स्वर यस गीतमा रहेको छ ।

करीब दुईवर्ष अघिनै रेर्कड गरिएको यस गीतको म्युजिक भिडियोको छायाँकनको काम भर्खरै सम्पन्न भएको छ । दुरपचिमको प्रदेशको प्रवेशद्वार चिसापानी कर्णाली पुल, कैलालीको घोडाघोडी ताल, त्रिवेणी धाम, कञ्चनपुरको वेदकोट ताल, अछामको रामारोसन, पञ्चदेवल, डडेलधुराको उग्रतारा मन्दिर र सुदूरपश्चिमको भु–स्वर्ग मानिने खप्तड क्षेत्र लगाएत सुदूरका नौ वटा नै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुसहित भारतको मुम्बईंमा गीतको म्युजिक भिडियो छायाँकन गरिएको छ । रचनाकार एवं गायक तपेन्द्र रावलको नै निर्देशनमा यस गीतको छायाँकन गरिएको हो ।

रावलको समेत अभिनय रहेको यस गीतमा अनु खड्का, रस्मी कुँवर, शीखा मल्ल लगाएतका कलाकारको नृत्य रहेको छ । कोरोना कहरका कारण समग्र पर्यटन क्षेत्रमा देखिएको मन्दीले सुदूरको पर्यटन व्यवसायलाई समेत नराम्ररी थलापारेकाले त्यहाँको पर्यटन प्रवर्द्धनका लागि गीत तयार पारीएको रचनाकार रावलको भनाई छ । सुदूरपश्चिमको मौलिक भाषामा बनको यो गीतबाट उठेको रकमले विदेशी पर्यटकको समेत मन जित्न निकट भविष्यमा चिसापानी कर्णालीमा चारैतिर मुखाकृति भएको गौतमबुद्धको शालीक समेत स्थापना गर्ने योजना छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  २ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको