२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

आयल निगमले किन्यो विद्युतीय गाडी


३० फाल्गुन २०७९, मंगलबार  

18
Shares

काठमाडौं । नेपाल आयल निगमले ३ वटा विद्युतीय गाडी खरिद गरेको छ ।

डिजेल, पेट्रोल बिक्रीको एकाधिकार पाएको निगमले विद्युतीय गाडी खरिद गरेको हो । बीवाईडी अटो इन्डस्ट्री कम्पनीको अल न्यू ई ६ गाडी निगमले प्रयोग गर्ने भएको छ । निगमले प्रतिगाडी ५९ लाखका दरले खरिद गरेको हो ।

बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले तीनवटा अल न्यु ई ६ गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ । कम्पनीले निगमको दिगोपना र वातावरणीय जिम्मेवारीअनुरुप ती गाडीको खरिद अघि बढेको साइमेक्सले जनाएको छ । निगमका प्रोजेक्ट र आईटी विभागका निर्देशक इन्जिनियर सुरज शाहका अनुसार दिगोपनाका लागि प्रतिबद्धताअनुरुप विद्युतीय गाडीमा लगानी गरिएको हो ।

उनले विद्युतीय गाडी नै यातायातको भविष्य भएको बताए । साइमेक्सकी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले बीवाईडीका ईभी नेपाल आयल निगमले खरिद गर्नुलाई देशमा पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने र विद्युतीय गाडीको प्रोत्साहन गर्ने महत्वपूर्ण कदम भएको बताइन् । ई ६ लामो रेन्ज भएको गाडी हो ।

यसले एकपटकको चार्जमा ५२२ किमि यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १२ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ