७ कार्तिक २०८३, शनिबार । October 25, 2026

सेयर बजार २४.६८ अंकले ओरालो


२९ फाल्गुन २०७९, सोमबार  

6
Shares

काठमाडौं । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार ओरालो लागेको छ ।

सोमबार सेयर बजारमा २४.६८ अंकले घटेर १९५२.६६ विन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ अंकले घटेर ३६८.४९ मा पुगेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको एनआइसि एसिया शीर्ष स्थानमा छ ।

यसको ६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सिवम सिमेन्टको ५ करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ । सोमबार सबै उपसुचकहरुको कारोबार रकम घटेको छ ।

आजको कारोबारमा सुभम पावरको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन् भने युनिक नेपाल लघुवित्तको ४.०३ प्रतिशत र ग्रिन भेन्चर्सको ३.८६ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ५ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि