३ आश्विन २०८३, शनिबार । September 19, 2026

अवैध उत्खनन गर्ने दुईवटा ट्याक्टर नियन्त्रणमा


२९ फाल्गुन २०७९, सोमबार  

15
Shares

दाङ । राप्ती नदिमा नदिजन्य पदार्थको चोरी निकासी बढेको छ ।

स्थानीय सरकारले ठेक्का नलगाउँदा अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन र चोरी निकासी बढेको हो । समुदायका नागरिकले नदि तथा खोलामा हुने अवैध उत्खननको निगरानी गरेका छन् । लमही नगरपालिका–६ बलरामपुर घाटबाट अवैध उत्खनन गरेर निकासी गर्न लागेका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय लमहीको जिम्मा लगाइएको छ ।

रा १ त २४६६ र रा १ त ४०९२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको बलरामपुर टोल विकास संस्थाका सचिव सूर्यप्रसाद चौधरीले जानकारी दिए । स्थानीय सरकारले ठेक्का लगाउन ढिलाइ गरेकाले पनि नदि र खोलामा चोरी बढेको छ । जिल्ला अनुगमन समितिक संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले अवैध उत्खननको सूचना प्रहरीसम्म पुर्‍याउन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  २ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली