११ फाल्गुन २०८१, आइतबार । February 24, 2025

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि



काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

पछिल्लो एक हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार ५०.०४ अंक बढेर २००२.७० बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ९.२७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२१ अंकले बढेको छ । बिहीवार वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निणर्य गरेसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

बैंकर्स संघले बैंकहरुले ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने घोषणा गरेका छन् । बिहीवार कारोबारमा आएका २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार १ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । यता होटल तथा पयर्टन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । बिहीवार नेप्से परिसूचक उच्च अंकले बढेसँगै शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशत, शिवश्री हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ । आज शिवम सिमेन्ट्स कम्पनीको ७ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ५ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः नेपाल र म्यानमार बीचको खेल बराबरीमा रोकियो

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः किर्गिस्तानलाई हराउँदै तेस्रो बन्यो लेबनान

काठमाडौं । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानले सान्त्वना जित निकालेको

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ५४ करोड बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

चलचित्र ‘लाज शरणम्’ ले पायो प्रदर्शन अनुमति

काठमाडौं । जेपीटी क्रियसनले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘लाज

त्रिशूलीमा वेपत्ता भारतीय सैनिकको शव १० दिनपछि भेटियो

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल