१५ बैशाख २०८२, सोमबार । April 28, 2025

आगामी चैतमा नेपाल फोटोग्राफी समिट हुने



काठमाडौं । आगामी चैतको पहिलो साता नेपालगंजमा नेपाल फोटोग्राफी समिट गरिने भएको छ ।

अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस समिटमा देशभरवाट १ सय ११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् । ‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने ( ‘समिटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्ता देखि अग्रज व्यक्तित्वहरुको अभूतपूर्व जमघट हुनेछ ।

तेस्रो नेपालगंज फोटो फेस्टिवलको सन्दर्भ पारेर आयोजना गर्न लागिएको फोटोग्राफी समिट संभवत नेपालमै पहिलो पटक हो । विभिन्न विधामा स्वतन्त्र ढंगले फोटोग्राफी गरिरहेका फोटोग्राफरहरु र संचारमाध्यममा कार्यरत फोटो पत्रकारहरु एकै थलोमा भेला भएर अन्तरक्रिया गर्नेछन् ।

‘रिल वाला’ क्यामेरादेखि अहिलेको अत्याधुनिक डिजिटल प्रविधीका क्यामेरा, गोप्रो देखि ड्रोन चलाइरहेको पुस्ताको एकै ठाउँको जमघटले देशव्यापी सन्देश दिने विश्वास गरिएको छ । समिटका अवसरमा अन्तरक्रिया, समूह छलफलहरु, फोटोग्राफीका चुनौतीहरुवारे कार्यपत्र प्रस्तुति, अनुभव सेयरिङ्ग, धार्मिक र पर्यटकीय स्थल भ्रमण र फोटोग्राफी लगायतका कार्यक्रमहरु आयोजना हुनेछन् ।

जसले गर्दा यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । समिटमा ११ जना अग्रज फोटोपत्रकार र फोटोग्राफरहरु विशेष अतिथीको रुपमा सहभागी हुनेछन् भने देशका विभिन्न स्थानवाट ५० जना सहभागी हुन पाउनेछन् जसकालागि नाम दर्ता गर्नुपर्नेछ । यसैगरी ५० जना स्थानीय (प्रशिक्षार्थी समेत) सहभागी हुनेछन् ।

‘नेपाल फोटोग्राफी समिट नेपालको जुनसुकै कुनामा रहेर फोटोग्राफी गरेका व्यक्तित्वहरुको साझा फोरम वन्नेछ’ अन्तरालका जयनारायण शाहले भने । समिटले अनुभवको आदानप्रदान मात्रै गर्ने छैन, आपसी भाइचारा समेत अभिवृद्धि गर्नेछ ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ९ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

सङ्खुवासभामा चट्याङका कारण १७ भैँसी मरे

सङ्खुवासभा । मकालु गाउँपालिका–३ को कालोपातलमा वर्षासँगै आएको चट्याङका कारण

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी

इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने

शिक्षक संघर्ष जारीः अवस्था झन झन जटिल बन्दै

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूको प्रदर्शन काठमाडौंमा