१५ चैत्र २०८२, आइतबार । March 29, 2026

किन परेन यो वर्षको हिउँदमा पानी ? यस्तो छ कारण


८ फाल्गुन २०७९, सोमबार  

6
Shares

काठमाडौं । यस वर्षको हिउँद सकिन अब दुई साता मात्रै बाँकी छ ।

तर पानी पर्ने छाँटकाँट छैन । जल तथा मौसम पूर्वानुमान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज र भोलि सामान्य बदलीको सम्भावना रहे पनि पानी नै पर्ने सम्भावना छैन । पछिल्लो ३० वर्ष हिउँदयाममा औसतमा ६०.२ मिलिमिटर वर्षा भएको देखिन्छ । तर यो वर्ष औसत वर्षा पनि भएन ।

फेब्रुअरी १६ तारिकसम्मको तथ्यांकअनुसार नेपालभर यस वर्ष १०.२ मिलमिटर पानी परेको छ । हिउँदमा पर्ने पानीमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहन्छ । तर यो वर्ष पानी पार्ने यस्ता प्रणाली कमजोर रहेको मौसमविद् अधिकारी बताउँछन् ।

‘औसतमा पनि पानी नपर्नुमा एउटा मात्रै नभएर धेरै कारण हुन सक्छन् । त्यो अध्ययनकै पाटो हो,’ उनले भने, ‘मुख्यतः यस पटक पश्चिमी न्यून चापीय प्रणालीहरू पर्याप्त संख्यामा पनि बनेन र भएका प्रणाली पनि कमजोर बने । अब प्रणालीमा उल्लेख्य सुधार आएर पानी पर्छ भन्ने सम्भावना छैन ।’

उनका अनुसार, यो वर्ष ‘ल्यानिना’को प्रभाव थियो । मनसुनको समयमा ‘ल्यानिना’ हुँदा औसतभन्दा धेरै पानी पर्ने अनुसन्धानले देखाएको छ । तर हिउँदको समयमा ‘ल्यानिना’ हुँदा कम पानी पर्छ भनेर भनिन्छ । यद्यपि, नेपालमा यसबारे पर्याप्त अध्ययन अनुसन्धान भएको छैन । अधिकारीका भनाइमा यसलाई पनि पानी नपर्नुमध्येको एउटा कारण मान्न सकिन्छ ।

के हो लानिना ?

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँदमा सरदरभन्दा कम पानी पर्ने आकलन गरेको थियो । विभागअन्तर्गतको हावापानी विश्लेषण महाशाखाका मौसमविद् सुरेन्द्र हुमगाईंका अनुसार, यो अनुमान गर्ने बेलामा प्रशान्त महासागरमा लानिनाको असर थियो । अहिले त्यो लानिनाको अवस्था तटस्थतिर जाँदै गरेको उनले बताए । प्रशान्त महासागरमा हुने लानिनाको अवस्थाले नेपालमा हुने हिउँदे वर्षालाई कम गर्छ।

लानिनाको अवस्थाका कारण पश्चिमी वायुको प्रभाव नेपालमा कम पर्छ । यसरी मेडिटेरेनियन सागरबाट आउने पश्चिमी वायुको प्रभाव नेपालमा कम परिसकेपछि नेपालमा पानी परेन । प्रशान्त महासागरको तापक्रम पूर्वी तटीय क्षेत्रमा तातो भयो भने एलिनो र पश्चिमी तटीय क्षेत्रमा तातो भएमा लानिना भनेर बुझिन्छ । प्रशान्त समुन्द्र सतहको तापक्रम सामान्यभन्दा केही चिसो भयो भने त्यो लानिनाको अवस्था हो भनेर बुझ्नुपर्छ ।

२३ वर्षमा कम पानी परेको आठौं वर्ष

यो वर्ष सुदूरपश्चिम र उत्तरी प्रदेशका पहाडी भूभागहरूमा मात्रै वर्षा भएको छ । त्यो पनि सरदरभन्दा कम छ । गण्डकी प्रदेश र त्योभन्दा पूर्वतिरका भू–भागमा पानी खासै परेको छैन । फेबु्रअरी १६ तारिकसम्मको तथ्यांकअनुसार नेपालभर १०.२ मिलमिटर पानी परेको छ ।

सामान्यतया ३०.७ देखि ७१.२ मिलिमिटर हाराहारीमा पानी पर्यो भने सरदर मानिन्छ । सन् २००० पछिको तथ्यांक हेर्दा नेपालमा सरदरभन्दा कम पानी परेको यो आठौं वर्ष भएको हुमगाईंले बताए । उनका अनुसार, पछिल्ला वर्षहरू हेर्ने हो भने सन् २०१६, २०१७, २०१८ र २०२१ मा पनि लगातार सरदरभन्दा कम पानी परेको थियो । त्यस्तै, २०१९ र २०२० र २०२२ मा सरदरभन्दा धेरै पानी परेको देखिन्छ । यसलाई सामान्य प्रक्रियाकै रूपमा लिनुपर्ने हुमगाईंको भनाइ छ ।

हिउँदमा पानी कम पर्दा बर्खायाममा असर पर्छ ?

यस पटक लगातार तेस्रो वर्षको लानिनाको प्रभाव परेको छ । यसलाई वैज्ञानिकहरूले ‘ट्रिपल डिप लानिना’ भन्ने गरेका छन् । हुमगाईंका अनुसार, यस्तो अवस्था एकदमै दुर्लभ मानिन्छ । विगतमा सन् २०२१, २०२२ र २०२३ मा लगातार लानिनाको प्रभाव देखिएको छ ।

तर यसको प्रभावले आगामी वर्खामा पनि कम या धेरै पानी पर्ने भन्नेबारे स्पष्ट सम्बन्ध नहुने हुमगाईंले बताए । अहिलेसम्मको तथ्यांक केलाउँदा हिउँदमा कम पानी हुँदा बर्खामा पनि कम पानी पर्ने सम्भावना न्यून देखिएको उनी बताउँछन् । ‘केही तथ्यांकले मात्रै हिउँदमा पानी कम पर्दा वर्खामा पनि कम पानी पर्ने गरेको देखाएको छ,’ उनले भने ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ६ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र