२३ माघ २०८१, बुधबार । February 5, 2025

भौतिक विकासमा गुणात्मक फड्को आवश्यकः प्रधानमन्त्री दाहाल



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकोमा खुशी व्यक्त गरेका छन् ।

आइतबार बिहान उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहितको मन्त्रालयको टोली र प्रधानमन्त्रीबीचको भेटमा उनले सो कुरा बताएका हुन् । विकासको विस्तार, सुधार र प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे ।

प्रधानमन्त्रीले देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अंग र तहहरूको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नहरूलाई विज्ञहरू सम्मिलित कार्यदल नै बनाएर सम्बोधन पहल बढाएकोमा प्रधानमन्त्रीले सराहना समेत गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल र प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएको छ।

उपप्रधानमन्त्री श्रेष्ठ, कार्यदलका संयोजकहरू र उपप्रधानमन्त्रीका सचिवालय टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेटेको हो। उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई तत्काल र दीर्घकालीन राहत दिँदै सामाजिक न्यायसहित विकासमा गुणात्मक फड्को मार्ने, समाजवादउन्मुख समृद्धि निर्माण गर्ने प्रधानमन्त्रीको लक्ष्यमा एकाकार भएर भौतिक पूर्वाधार एवं यातायातका क्षेत्रमा कयौं सुधारहरू थालिएको बताए ।

उनले त्यसका लागि कयौं ऐन कानुनको परिमार्जनको आवश्यकतासमेत औंल्याए । त्यसक्रममा पूर्वाधार बिकास प्रणाली सुधार कार्यदलका संयोजक सूर्यराज आचार्य र यातायात सुधार कार्यदलका संयोजक शरदचन्द्र पौडेलले कार्यदलले कुन प्राथमिकतामा जोड दिन खोजेको छ भन्नेबारे प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय महिला टी-२० सिरिजः नेपालले नेदरल्यान्डसलाई दियो १ सय ४६ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय महिला टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले

मुर्ति सेलाउन गएका २२ बर्षीय युवकको नदीमा डुबेर मृत्यु

रौतहट । रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ निवासी

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी–२० क्रिकेट

सुनको मूल्यमा भारी बृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ

महिला टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै, पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट