२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार १२ फागुनदेखि हुने


५ फाल्गुन २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो । नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । केन्द्रीय बैंकले अन्तिम स्वीकृत दिँदै फागुन १६ गतेसम्म एकीकृत कारोबारको समय तोकेको थियो ।

राष्ट्र बैंकले तोकेको समयभन्दा अगाडि नै बैंकले एकीकृत कारोबारको मिति तोकेको हो । हिमालयन बैंक र सिभिल बैंकबीच एक सय बराबर ८० कित्ता (१००ः८०) को स्वाप रेसियो अर्थात् सिभिल बैंकको एक सय कित्ता शेयर बराबर हिमालयन बैंकको ८० कित्ता शेयर अनुपात हुने सिभिल बैंकका मर्जर समिति संयोजक अम्बिर बोगटीले जानकारी दिए । एकीकृत कारोबार अगाडि दुवै बैंकले सिस्टम अपग्रेडका लागि दुई दिन कारोबार बन्द गर्ने जनाएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ