१ आश्विन २०८३, बिहिबार । September 18, 2026

नेपालमा विद्युतीय गाडीको अथाह सम्भावना


२९ माघ २०७९, आइतबार  

9
Shares

काठमाडौं । नेपाली विद्युतीय सवारी साधनको बजार विस्तार हुने क्रममा छ ।

यसको श्रेय आम उपभोक्ताको हरित प्रविधिको महत्व प्रति बढ्दो सचेतना अतिरिक्त राज्य एवं निजि क्षेत्रले विद्युतीय सवारी साधन प्रवर्धनसम्बन्धि पहलहरुलाई नै जान्छ। बढी भन्दा बढी ग्राहकहरु ब्याट्रीबाट चल्ने गाडीहरुप्रति आकर्षित भइरहेको पाइन्छ। किनकी यिनीहरु संचालन र मर्मत खर्च निकै कम हुनुको साथै आकर्षक, आरामदायी र अन्य उच्च प्राविधिक विशेषताहरुले सम्पन्न छन्।

त्यस्तै यस्ता गाडीहरुको भन्सार महशुल तथा नवीकरण र दर्तामा भारी छुटको साथै यिनीहरुको खरिदमा गर्दा ठूलो परिमाणमा बैंक कर्जा र बढी सुरक्षित बीमा योजनाको सुविधा छ। अनि विद्युतीय गाडी सम्बन्धित कम्पनीहरुले आक्रामक बजारीकरणको रणनीति अपनाउदै आवश्यक पूर्वाधार एवं जनशक्तिको निर्माण गरिरहेका छन्। पछिल्लो केही समयदेखि विशेषतः सार्वजनिक यातायातको संचालनमा नवीकरणीय ऊर्जाले प्राथमिकता पाएको पनि देखिन्छ।

उदाहरणको लागि बागमती प्रदेशले २०७८ सालमा ल्याएको “सार्वजनिक यात्रुवाहक विद्धुतीय ट्याक्सी सेवाको गुणस्तर, संचालन तथा व्यवस्थापन सम्बन्धि मापदण्ड” लाई लिन सकिन्छ। यस मापदण्ड अनुसार यस प्रदेशभित्रका आम यात्रुहरु बाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकहरुको सेवाको लागि पनि ब्याट्रीबाट चल्ने गाडीहरु अनिवार्य रुपमा ट्याक्सी रुपमा प्रयोग गरिनेछ। झन्झटरहित एवं आरामदायी यात्राको पर्याप्त खुल्ला ठाउँ भए यी सेडान मोडेलका गाडीहरु आकर्षक साथै सुरक्षा सम्बन्धि उत्कृष्ट विशेषताहरुले पनि सम्पन्न हुन्छन् ।

यस कारणले आम यात्रुहरुको अतिरिक्त विदेशी पर्यटकहरुले निश्चयनै प्रदुषणमुक्त, गुणस्तरीय एवं सुरक्षित यात्राको अनुभव गर्नेछन् । वास्तवमा देशका अन्य सबै प्रदेशहरूमा पनि विद्युतीय ट्याक्सी सेवा विस्तार गर्नुपर्ने मागहरु उठिरहेका छन्। यस्ता मागहरु सम्बोधन भएको खण्डमा यसले देशको यातायात क्षेत्रको अलावा पर्यटन उद्ध्योगमा पनि सकारात्मक प्रभाव पार्ने निश्चित छ।

यसैगरी विज्ञहरु सार्वजनिक यातायातका सबै साधनहरुको अतिरिक्त सरकारी कार्यालय, विद्ध्यालयरकलेज, निजि कम्पनीहरुले प्रयोग गर्ने कार, जीप, बस, भ्यान, मिनी ट्रक, ट्रक जस्ता चारपांग्रेहरुलाई विद्धुतीय रुपान्तरण हुने पर्नेमा जोड गरिरहेका छन्। यसको लागि सरकारले विशेष रणनीति अख्तियार गर्नुपर्ने उनीहरु सुझाँउछन् । यस्तो प्रयासबाट देशले बहुआयामिक लाभ प्राप्त गर्ने दाबी गरिएको छ ।

यसले सम्पूर्ण यातायात जगतको दिगो उन्नतिमा उत्प्रेरकको भूमिका खेल्नेछ। यति मात्र नभई यो रणनीतिले राष्ट्रिय अर्थतन्त्रको सुधारमा पनि उल्लेखनीय सुधार गर्ने अथाह संभावना बोकेको छ। उदाहरणको लागि विद्युतीय गाडीको व्यापक प्रयोगले वार्षिक देशको डेढ खरब रुपैयाँ बराबरको खनिज इन्धनको आयातमा कमी विस्तारै प्रतिस्थापन गर्न सक्छ ।

यसो हुनु भनेको अर्थतन्त्रको मुख्य समस्याको रुपमा रहेको बढ्दो व्यापार घाटामा न्यून भई आर्थिक सन्तुलन हासिल गर्नु रहेको बताइएको छ । चीन, भारत र युरोपेली देशहरूद्वारा सन् २०३० पछि पेट्रोल र डिजेलका सवारी साधनहरू उत्पादन नहुने घोषणा भैसकेको छ । र, नेपालले पनि सन् २०३१ सम्म यस्ता सवारी साधनहरुबाट विद्युतीय गाडीमा फड्को मार्ने प्रतिवद्धता अभिव्यक्त गरिसकेको छ ।

यो प्रतिवद्धता सफलताका साथ पूरा गर्नपनि विद्युतीय गाडीसम्बन्धि विशेष रणनीतिको तर्जुमाले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ५ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ