८ चैत्र २०८२, आइतबार । March 22, 2026

नेप्से परिसुचक दोहोरो अंकले बृद्धि


२६ माघ २०७९, बिहिबार  

6
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरा अंकले बृद्धि भएको छ ।

नेप्से १२.४५ अंकले वृद्धि हुँदा २१८२.६३ अंकमा बन्द भएको छ । नेप्से बृद्धि भएपनि कारोबार रकम भने २ अर्ब ६ करोड २० लाख ५९ हजारमा सीमित भएको छ । अपि पावरको सर्वाधिक ५ करोड ८६ लाख ५५ हजारको कारोबार हुँदा नबिल बैंकको ५ करोड ७३ लाख ५५ हजार र ङ्यादी ग्रुप पावरको ५ करोड ३३ लाख ७ हजारको कारोबार भएको छ ।

बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचक वृद्धि हुँदा नेप्से पनि दोहोरो अंकले बढेको हो । बिहीबार विकास बैंक उपसूचक सर्वाधिक १.४६ प्रतिशत र हाइड्रोपावर उपसूचक १ प्रतिशतले वृद्धि भएको छ । बजारमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १५२ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ भने ५८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।

यस्तै ६ कम्पनीको सेयरमूल्यमा भने स्थिर छ । जसमध्ये बाराही हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै विजय लघुवित्तको सेयरमूल्य ५.९२ प्रतिशत र जोशी हाइड्रोपावरको सेयरमूल्य ५.६३ प्रतिशतले बढेको छ ।

गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.१६ प्रतिशतले गिरावट हुँदा आदर्श लघुवित्तको सेयरमूल्य ३.४९ प्रतिशत र विन नेपाल लघुवित्तको सेयरमूल्य २.६९ प्रतिशतले गिरावट भएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो