८ चैत्र २०८२, आइतबार । March 22, 2026

राष्ट्रिय महिला भलिबलः न्यु डायमण्ड बन्यो च्याम्पियन


२४ माघ २०७९, मंगलबार  

6
Shares

काठमाडौं । विभागीय टोली एपिएफ क्लवमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै न्यु डायमण्ड छैटौं संस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा न्यु डायमण्डले लगातार पाँच संस्करणको च्याम्पियन एपिएफलाई पराजित गर्दै पहिलो पल्ट च्याम्पियन भएको हो । प्रतियोगिताको फाइनलमा पहिलो पटक पुगेसँगै न्यु डायमण्ड च्याम्पियन भएको हो ।

यसअघि पहिलोदेखि चौथोसम्म एपिएफ र नेपाल पुलिसबीच फाइनल खेल भएको थियो भने पाँचौ संस्करणमा एपिएफ र त्रिभुवन आर्मीबीच फाइनल खेल भएको थियो । प्रतिष्पर्धात्मक भएको खेलमा एपिएफबिरुद्ध पहिलो सेट २८–२६ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने डायमण्डले २१–२५ ले गुमाउन पुग्यो ।

तेस्रो सेटमा पुन सम्हालिएको प्रदर्शन गरेको न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै २–१ को सेटमा अग्रता लिन सफल भएको थियो । तेस्रो सेटमा एक समय १६–६ को अवस्था हुँदा न्यु डायमण्डले लगातार १० अंक गुमाउन पुगेको थियो । तर अन्तिममा २५–२२ ले विजयी हुन सफल भएको थियो ।

चौथो सेटमा भने न्यु डायमण्डले सम्हालिएको प्रदर्शन गर्न सकेन । शुरुवातदेखि नै पछि परेको डायमण्डले २४–२६ ले गुमाउन पुग्यो थियो । सोही सेटमा २०–२१ को अवस्थामा एपिएफकी स्पाइकर निरुता ठगुन्ना चोटग्रस्त हुँदै कोर्ट छोड्नुपरेको थियो । त्यसपछि निर्णायक तथा पाँचौं सेटमा पुगेको खेलमा ३–३ को बराबरीपछि अग्रता लिँदै डायमण्डले १५–९ को सहज जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।

फाइनल खेलमा प्रगति नाथले प्लेयर अफ दि म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ र ट्रफी हात पारिन् । चार टोलीबीच भएको प्रतिष्पर्धाबाट च्याम्पियन बनेसँगै डायमण्डले ३ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो । उपविजेता एपिएफले १ लाख ५० हजार रुपैयाँ हात पार्दा तेस्रो स्थानका लागि मंगलवार नै भएको प्रतिष्पर्धामा आर्मीलाई पराजित गरेको पुलिसले ७५ हजार रुपैयाँ हात पार्‍यो ।

शेरबहादुर प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा च्याम्पियन न्यु डायमण्डकी स्पाईकर प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद ५० हजार रुपैयाँसहित आकर्षक पुरस्कार प्राप्त गरिन् । यस्तै डायमण्डकी स्पाइकर सलिना बुढा मगर इमर्जिङ खेलाडी घोषित हुँदै १५ हजार रुपैयाँ प्राप्त गर्दा डायमण्डकै प्रगति नाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो र कुमार राई उत्कृष्ट प्रशिक्षक बने ।

एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर चुँनिदा एपिएफकी सरस्वती चौधरी सर्भर र हीरा केसी उत्कृष्ट ब्लकर चुनिइन् । उनीहरुले समान १५÷१५ हजार रुपैया र ट्रफी प्राप्त गरे ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ६ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो