२६ चैत्र २०८१, बुधबार । April 10, 2025

अब अनलाइनबाटै नेपाल एयरलाइन्सको टिकट



काठमाडौं । नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ ।

निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने भएका छन् । “नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ”, निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निगमले आगामी दिनमा अन्य वालेट तथा वेवसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ । निगमले दुर्गम र विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताएको छ । “

आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए पनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमता लगायतका विविध कारणहरुले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने जानकारी गराइन्छ”, जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  २ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डकवर्थ लुइस पद्धतिमा अफगानिस्तानलाई हराउँदै नेपाल यू–१९ को सान्त्वना जित

काठमाडौं । नेपाल यू–१९ क्रिकेट टोलीले अफगानिस्तान यू–१९ विरुद्धको तेस्रो

सान्टो डोमिङ्गोको नाइटक्लबमा भयानक दुर्घटनाः ११३ को मृत्यु, सयौं घाइते

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोस्थित एक प्रसिद्ध नाइटक्लबमा

२४ घण्टाभित्र प्रहरीसमक्ष उपस्थित हुने दुर्गा प्रसाईको घोषणा

काठमाडौं । पछिल्लो समय प्रहरीको खोजी सूचीमा रहेका दुर्गा प्रसाईले

एन–प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण, सरकारलाई संवादको वातावरण सिर्जना गर्न आग्रह

काठमाडौं । शिक्षा क्षेत्रको शुद्धिकरण र सुदृढीकरणमा संवेदनशील भूमिका निर्वाह

नेप्से ९.६६ अंकले बढ्यो, होटल तथा पर्यटन क्षेत्रमा उच्च चमक

काठमाडौं । साताको मध्य दिन बुधबार सेयर बजार हरियालीमा फर्किएको