२६ चैत्र २०८१, बुधबार । April 9, 2025

घर पालुवा कुकुरलाई जथाभावी दिसा पिसाब नगराउन महानगरको निर्देशन



ललितपुर । ललितपुर महानगरपालिकाले घरमा पालिएका कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब नगराउन घरधनीलाई अनुरोध गरेको छ ।

व्यक्तिले घरमा पालेका कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब गराउने गरेको गुनासोपछि महानगरले सार्वजनिक सूचना निकालेर वातावरण प्रदूषित हुने भएकाले त्यसो नगर्न आग्रह गरेको हो । कुकुरको दिसा–पिसाबमा भएका जीवाणु वातावरणमा फैलिँदा मानव स्वास्थ्यमा पर्ने असरतर्फ पनि सचेत हुन महानगरले नगरवासीलाई अनुरोध गरेको छ । कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब गराएको भेटिए या सूचना प्राप्त भएमा कानुनअनुसार कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।

महानगरको हरियालीसहित सफा र सुन्दर सहर बनाउने अभियानविरुद्ध काम नगर्न र सहर सफा राख्ने अभियानमा सहयोग गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ । देशकै पुरानो र जेठो सांस्कृतिक सहरका रूपमा रहेको ललितपुर महानगरपालिका स्मार्ट सिटीको रूपमा विकास गर्न विभिन्न कार्यक्रम भइरहेका छन् । महानगरपालिकाले यसअघि सूचना निकालेर स्मार्ट सिटी बनाउन तथा हरियाली प्रवर्द्धन गर्न विभिन्न ठाउँमा रोपिएका बिरुवा उखलेको, काटेको जानकारीमा आएकाले त्यसो नगर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १२ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य पनि केहि बढ्यो

काठमाडौं । नेपालमा बुधबार सुनको मूल्य २ हजार रुपैयाँले बढेको

पूर्वी तराईमा आकस्मिक बदली: मेघ गर्जन र चट्याङसँगै पानीको झरी

काठमाडौं । देशभर प्रदूषणको चपेटामा परेको मौसमले पूर्वी तराईमा भने

संगीत रोकिन नपाउँदै मृत्युको शंख : नाइटक्लबको छतले ७९ जीवन थिच्यो

काठमाडौं । डोमिनिकन गणतन्त्रको राजधानी सान्तो डोमिङ्गोमा मंगलबार बिहान एक

११ देखि ३ सम्म दाउन्ने सडक खण्डमा ‘नो इन्ट्री’

त्रिवेणी । नारायणगढ–बुटवल सडक विस्तार कार्य तीव्र रूपमा अगाडि बढेसँगै

आगोमा बल्यो जयगढः २७ घर खरानी, ७ करोड बढीको क्षति

अछाम । बान्निगढी जयगढ गाउँपालिका–स्थित जयगढ बजारमा गएरातिको भीषण आगलागीले