२७ चैत्र २०८१, बिहिबार । April 10, 2025

चलचित्र ह्यारी की प्यारी आजदेखि हलमा



काठमाडौं । नेपाली चलचित्र ह्यारी की प्यारी शुक्रबारदेखी प्रदर्शनमा आएको छ ।

चलचित्रमा जितु नेपाल र साम्राज्ञीराज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको छ । चलचित्र ह्यारी की प्यारीमा अभिनेता जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ ।

सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भुमिका रहेको छ । डा.कपिल रिजालको प्रश्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा.कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

सिनेमामा डा.भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डकवर्थ लुइस पद्धतिमा अफगानिस्तानलाई हराउँदै नेपाल यू–१९ को सान्त्वना जित

काठमाडौं । नेपाल यू–१९ क्रिकेट टोलीले अफगानिस्तान यू–१९ विरुद्धको तेस्रो

सान्टो डोमिङ्गोको नाइटक्लबमा भयानक दुर्घटनाः ११३ को मृत्यु, सयौं घाइते

एजेन्सी । डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोस्थित एक प्रसिद्ध नाइटक्लबमा

२४ घण्टाभित्र प्रहरीसमक्ष उपस्थित हुने दुर्गा प्रसाईको घोषणा

काठमाडौं । पछिल्लो समय प्रहरीको खोजी सूचीमा रहेका दुर्गा प्रसाईले

एन–प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण, सरकारलाई संवादको वातावरण सिर्जना गर्न आग्रह

काठमाडौं । शिक्षा क्षेत्रको शुद्धिकरण र सुदृढीकरणमा संवेदनशील भूमिका निर्वाह

नेप्से ९.६६ अंकले बढ्यो, होटल तथा पर्यटन क्षेत्रमा उच्च चमक

काठमाडौं । साताको मध्य दिन बुधबार सेयर बजार हरियालीमा फर्किएको