१७ फाल्गुन २०८१, शनिबार । March 1, 2025

माघ १९ देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुचारु हुने



रुपन्देही । डेढ महिनादेखि बन्द रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १९ देखि पुनः उडान सुचारु गराउने तयारी भएको छ ।

आइएलएस प्रविधि सञ्चालन नहुँदा ठप्प अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आउने भएको हो । मौसमी प्रतिकुलताका कारण कम भिजिबिलिटी जहाज अवतरण गर्न नसकेपछि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान मौसममा सुधार भएमा फेब्रुअरी २ तारिखबाट (माघ १९) पुनः सञ्चालनमा आउने विमानस्थल प्रवक्ता सुवास झाले बताएका छन् । गत डिसेम्बर १८ तारिखसम्म अन्तर्राष्ट्रियतर्फको नियमित उडान भएको थियो ।

त्यसपछि मौसमी प्रतिकुलताका कारण अन्तर्राष्ट्रिय तर्फको नियमित उडान नै हुन सकेको छैन । प्रवक्ता झाले मौसममा सुधार आएसँगै फेब्रुअरीबाट पुनः उडान सुरु गर्ने छलफल भएको बताए । उडान बन्द हुनु अगाडि यो विमानस्थलमा कुवेतको जजिरा एयरवेजले साताको तीनवटा उडान गर्दै आएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १२ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज ग्याल्पो ल्होसार, देशभर विभिन्न कार्याक्रम गरि मनाईँदै

रासस । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले

कति छ फागुन १६ गते शुक्रबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः सक्रिय बन्दै न्यून चापीय प्रणाली, कहाँ- कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली सक्रिय बन्दै

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प, कहाँ कति भयो क्षति ?

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको

फागुन १६ गते शुक्रबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १६ गते