६ आश्विन २०८३, मंगलबार । September 23, 2026

‘प्रेमगीत-३’ पछि ‘कामिनो’मा प्रदिप खड्का


१२ माघ २०७९, बिहिबार  

6
Shares

काठमाडौं । अभिनेता प्रदिप खड्कालाई दर्शकले अब नयाँ फिल्म ‘कामिनो’ मा हेर्न पाउने भएका छन् ।

दीपक ओलीको निर्देशनमा निर्माण हुृने ‘कामिनो’ को बुधबार सामाजिक संजालमार्फत थीम पोस्टर सार्वजनिक गरिएको छ । एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनिल बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अभिनेता प्रदिपलाई आफ्नो फिल्ममा अभिनय गराउन निर्माता,निर्देशकहरु लालायीत हुने गरे तापनि ‘प्रेम गीत–३’पछि उनले कुनै फिल्म साइन गरेका थिएनन् ।

स्क्रिप्ट,टिम र क्यानभास मन परेकाले प्रदिप यो फिल्म गर्न राजी भएको बताईएको छ । प्रदिप र ‘कामिनो’ निर्माण पक्षबीच गत शुक्रबार औपचारिक सम्झौता भएको थियो । नेपाल र ल्याटिन अमेरिकाका बिबिध स्थानमा छायांकन हुने फिल्म प्रेम,रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन् ।

चैत्र तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्ने छन् ।फिल्ममा एसडि योगी र अलिस कार्कीको संगीत,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।

फिल्मको हिरोइनलगायत अन्य कलाकार तथा प्राबिधिक चयन कार्य छिट्टै समापन गर्ने तयारी निर्माण पक्षको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा