२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

‘प्रेमगीत-३’ पछि ‘कामिनो’मा प्रदिप खड्का



काठमाडौं । अभिनेता प्रदिप खड्कालाई दर्शकले अब नयाँ फिल्म ‘कामिनो’ मा हेर्न पाउने भएका छन् ।

दीपक ओलीको निर्देशनमा निर्माण हुृने ‘कामिनो’ को बुधबार सामाजिक संजालमार्फत थीम पोस्टर सार्वजनिक गरिएको छ । एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनिल बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अभिनेता प्रदिपलाई आफ्नो फिल्ममा अभिनय गराउन निर्माता,निर्देशकहरु लालायीत हुने गरे तापनि ‘प्रेम गीत–३’पछि उनले कुनै फिल्म साइन गरेका थिएनन् ।

स्क्रिप्ट,टिम र क्यानभास मन परेकाले प्रदिप यो फिल्म गर्न राजी भएको बताईएको छ । प्रदिप र ‘कामिनो’ निर्माण पक्षबीच गत शुक्रबार औपचारिक सम्झौता भएको थियो । नेपाल र ल्याटिन अमेरिकाका बिबिध स्थानमा छायांकन हुने फिल्म प्रेम,रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन् ।

चैत्र तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्ने छन् ।फिल्ममा एसडि योगी र अलिस कार्कीको संगीत,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।

फिल्मको हिरोइनलगायत अन्य कलाकार तथा प्राबिधिक चयन कार्य छिट्टै समापन गर्ने तयारी निर्माण पक्षको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको