३० माघ २०८१, बुधबार । February 13, 2025

‘सुस्ता बचाऔँ’ अभियानका संयोजक गुरुङको निधन



रुपन्देही । ‘सुस्ता बचाऔँ’ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ ।

मस्तिस्क घात भएपछि पुस ८ गतेदेखि भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचाररत गुरुङको गएराति निधन भएको हो । भारतीय अतिक्रमणको चपेटामा परेको सुस्ताको भूमि जोगाउन उनले विगत २५ वर्षदेखि सुस्ता बचाऔँ अभियान सञ्चालन गर्दै आएका थिए । ६२ वर्षीय गुरुङ नेपाल प्रहरीको जागिरबाट अवकास लिएपछि कास्की जिल्लाको पोखरा पुर्ख्यौली घर भएका गुरुङ सुस्तामा नै बसेर भारतीय ज्यादतीविरुद्ध आवाज उठाउँदै आएका थिए ।

उनको उपचारमा रकम अभाव भएपछि सुस्ताबासीले चन्दा संकलन गरेर उपचार गरिरहेका थिए । उनको श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ११ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिभिएस एक्सचेञ्ज मेनिया, २ वर्ष सम्म निशुल्क पार्टस लगायत आकर्षक अफरहरु

काठमाडौं । टिभिएस मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले

सुनको मूल्यमा भारी गिरावट, तोलामा कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको

रूकुम पूर्वमा खुकुरी प्रहार गरि २ जनाको हत्या, भिरबाट लडेर हत्याराको मृत्यु

रूकुम । रूकुम पूर्वमा दुई जनाको खुकुरी प्रहार गरी हत्या

आजको विनिमयदरः अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, अस्ट्रेलियन

भारतमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको मध्य प्रदेशमा तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा