२१ मंसिर २०८२, शनिबार । December 6, 2025

चौँरीदेउरालीमा बुद्धको २२ फिट अग्लो मूर्ति स्थापना



काभ्रेपलाञ्चोक । काभ्रेको चौँरीदेउराली गाउँपालिका–६ आरुबोटमा २२ फिट अग्लो शाक्यमुनि गौतमबुद्धको मूर्ति निर्माण गरिएको छ ।

मूर्तिको २८५९औँ सोनाम ल्होछारको अवसरमा आइतबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ । मूर्ति स्थानीय धिनिम्हेन्दो तामाङ उत्थान समाजको अग्रसरतामा सरकार तथा दाताको सहयोगमा रु ७० लाखमा निर्माण गरिएको हो । ल्होछार विशेष सांस्कृतिक कार्यक्रमका अवसरमा उक्त मूर्तिको सांसद गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरेका छन् ।

उनले रमणीय स्थल आरुबोटमा शान्तिका अग्रदूत बुद्धको मूर्ति स्थापनाले थप पर्यटकीय आकर्षण बढ्ने विश्वास व्यक्त गरेका छन् । मूर्तिमा लामा गुरु खेन रिन्पोर्चे मुनसेल दोर्जे प्राण प्रतिष्ठा गरेका हुन् । २०७५ माघ २२ गते सोनाम ल्होछारको अवसरमा उक्त मूर्तिको शिलान्यास गरिएको थियो ।

समाजका अध्यक्ष राजकुमार मोक्तानले सरकारबाट रु ५० लाख र जनश्रमदान तथा दाताबाट रु २० लाख सहयोगबाट मूर्ति निर्माण गरिएको बताए । कार्यक्रममा पूर्वसांसद नविना लामा, एमालेका जिल्ला सचिव राजन भुर्तेल, स्थानीय समाजसेवी सन्तविर लामा, नारायण गौतमलगायतले धार्मिक पर्यटकीय दृष्टिले थप गन्तव्य बनाइएकोमा खुसी व्यक्त गरेका थिए । सो अवसरमा लामागुरु दोर्जेले बौद्ध धर्मसम्बन्धी विशेष प्रवचन दिएका थिए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको