२ कार्तिक २०८३, सोमबार । October 19, 2026

२४ लघुवित्तले गरे लाभांश घोषणा, कुनको कति ?


६ माघ २०७९, शुक्रबार  

9
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत लघुवित्तहरुमध्ये बिहीवारसम्म २४ वटा लघुवित्तले लाभांश घोषणा गरेका छन् ।

लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयर तथा लाभांश दिने घोषणा गरेका हुन् ।लाभांश घोषणा गर्नेमा जाल्पा सामुदायिक लघुवित्त, महिला लघुवित्त, आधिखोला लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएमडीसी लघुवित्त, साना किसान विकास लघुवित्त, छिमेक लघुवित्त, महुली लघुवित्त, स्वरोजगार लघुवित्त, डिप्रोक्स लघुवित्त, नेरुड लघुवित्त, मिर्मिरे लघुवित्त छन् । यसैगरी लाभांश घोषणा गर्ने लघुवित्तमा स्वावलम्बन लघुवित्त, निर्धन लघुवित्त, साधना लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, मिथिला लघुवित्त, आरएसडीसी लघुवित्त, एनएमबी लघुवित्त, लक्ष्मी लघुवित्त,  गुराँस लघुवित्त र ग्लोबल आईएमई लघुवित्त रहेका छन् ।

यी मध्ये सबैभन्दा धेरै लाभांश जाल्पा सामुदायिक लघुवित्तले दिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सबैभन्दा बढी लाभांश जाल्पा सामुदायिक लघुवित्तले घोषणा गरेको हो । लघुवित्तले ७३ प्रतिशत बोनस सेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश गरी कुल ७६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । 

त्यस्तै, सबैभन्दा थोरै लाभांश गुराँस लघुवित्त वित्तीय संस्थाले वितरण गर्ने भएको छ । यो लघुवित्तले सबै भन्दा कम ४ प्रतिशत बोनस सेयर र शून्य दशमलव १ प्रतिशत नगद लाभांश दिने भएको हो । महिला लघुवित्तले आफ्ना सेयरधनीहरुलाई ४७ दशमलव ५ प्रतिशत बोनस सेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

आँधीखोला लघुवित्तले आफ्ना सेयरधनीहरुलाई १ दशमलव ५८ प्रतिशत नगद लाभांश र सीवाईसी नेपाल लघुवित्तले आफ्ना सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने भएका छन् । त्यसगरी फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशसहित ३० प्रतिशत, आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्तले २६ प्रतिशत बोनस सेयर र १ दशमलव ३७ प्रतिशत नगद लाभांशसहित कूल २७ दशमलव ३७ प्रतिशत, छिमेक लघुवित्तले २२ प्रतिशत बोनस सेयर र ३ दशमलव २६ प्रतिशत नगद लाभांशसहित २५ दशमलव २६ प्रतिशत लाभांश दिने भएका छन् । महुली लघुवित्तले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशसहित कूल २५ प्रतिशत, स्वरोजगार लघुवित्त र नेरुड लघुवित्तले २२ प्रतिशत  बोनस सेयर र १ दशमलव ६ प्रतिशत नगद लाभांशसहित कूल २३ दशमलव ६ प्रतिशत, डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस सेयर र ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश दिने भएका छन् । 

त्यस्तै, मिर्मिरे लघुवित्तले २३ प्रतिशत बोनस सेयर, स्वावलम्बन लघुवित्तले १५ प्रतिशत बोनस सेयर तथा ६ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश सहित कूल २१ दशमलव शून्य ५ प्रतिशत, निर्धन लघुवित्त, साधना लघुवित्त र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले १९ प्रतिशत बोनस सेयर तथा १ प्रतिशत नगद लाभांश सहित कूल २० प्रतिशत र मेरो माइक्रोफाइनान्सले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत वितरण गर्ने भएका छन् । त्यसैगरी, मिथिला लघुवित्तले १५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांशसहित १५ दशमलव ७९ प्रतिशत, आरएसडीसी लघुवित्तले ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांशसहित ११ प्रतिशत र एनएमबी लघुवित्तले १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांशसहित १० दशमलव ५३ प्रतिशत रहेका छन् । यसैगरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि लाभांश घोषणा गरेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ भने लक्ष्मी लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात् संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १२ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि