२२ माघ २०८२, बुधबार । February 5, 2026

२४ लघुवित्तले गरे लाभांश घोषणा, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत लघुवित्तहरुमध्ये बिहीवारसम्म २४ वटा लघुवित्तले लाभांश घोषणा गरेका छन् ।

लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयर तथा लाभांश दिने घोषणा गरेका हुन् ।लाभांश घोषणा गर्नेमा जाल्पा सामुदायिक लघुवित्त, महिला लघुवित्त, आधिखोला लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएमडीसी लघुवित्त, साना किसान विकास लघुवित्त, छिमेक लघुवित्त, महुली लघुवित्त, स्वरोजगार लघुवित्त, डिप्रोक्स लघुवित्त, नेरुड लघुवित्त, मिर्मिरे लघुवित्त छन् । यसैगरी लाभांश घोषणा गर्ने लघुवित्तमा स्वावलम्बन लघुवित्त, निर्धन लघुवित्त, साधना लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, मिथिला लघुवित्त, आरएसडीसी लघुवित्त, एनएमबी लघुवित्त, लक्ष्मी लघुवित्त,  गुराँस लघुवित्त र ग्लोबल आईएमई लघुवित्त रहेका छन् ।

यी मध्ये सबैभन्दा धेरै लाभांश जाल्पा सामुदायिक लघुवित्तले दिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सबैभन्दा बढी लाभांश जाल्पा सामुदायिक लघुवित्तले घोषणा गरेको हो । लघुवित्तले ७३ प्रतिशत बोनस सेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश गरी कुल ७६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । 

त्यस्तै, सबैभन्दा थोरै लाभांश गुराँस लघुवित्त वित्तीय संस्थाले वितरण गर्ने भएको छ । यो लघुवित्तले सबै भन्दा कम ४ प्रतिशत बोनस सेयर र शून्य दशमलव १ प्रतिशत नगद लाभांश दिने भएको हो । महिला लघुवित्तले आफ्ना सेयरधनीहरुलाई ४७ दशमलव ५ प्रतिशत बोनस सेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

आँधीखोला लघुवित्तले आफ्ना सेयरधनीहरुलाई १ दशमलव ५८ प्रतिशत नगद लाभांश र सीवाईसी नेपाल लघुवित्तले आफ्ना सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने भएका छन् । त्यसगरी फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशसहित ३० प्रतिशत, आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्तले २६ प्रतिशत बोनस सेयर र १ दशमलव ३७ प्रतिशत नगद लाभांशसहित कूल २७ दशमलव ३७ प्रतिशत, छिमेक लघुवित्तले २२ प्रतिशत बोनस सेयर र ३ दशमलव २६ प्रतिशत नगद लाभांशसहित २५ दशमलव २६ प्रतिशत लाभांश दिने भएका छन् । महुली लघुवित्तले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांशसहित कूल २५ प्रतिशत, स्वरोजगार लघुवित्त र नेरुड लघुवित्तले २२ प्रतिशत  बोनस सेयर र १ दशमलव ६ प्रतिशत नगद लाभांशसहित कूल २३ दशमलव ६ प्रतिशत, डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस सेयर र ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश दिने भएका छन् । 

त्यस्तै, मिर्मिरे लघुवित्तले २३ प्रतिशत बोनस सेयर, स्वावलम्बन लघुवित्तले १५ प्रतिशत बोनस सेयर तथा ६ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश सहित कूल २१ दशमलव शून्य ५ प्रतिशत, निर्धन लघुवित्त, साधना लघुवित्त र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले १९ प्रतिशत बोनस सेयर तथा १ प्रतिशत नगद लाभांश सहित कूल २० प्रतिशत र मेरो माइक्रोफाइनान्सले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत वितरण गर्ने भएका छन् । त्यसैगरी, मिथिला लघुवित्तले १५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांशसहित १५ दशमलव ७९ प्रतिशत, आरएसडीसी लघुवित्तले ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांशसहित ११ प्रतिशत र एनएमबी लघुवित्तले १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांशसहित १० दशमलव ५३ प्रतिशत रहेका छन् । यसैगरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि लाभांश घोषणा गरेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ भने लक्ष्मी लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपश्चात् संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १२ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल