१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

दिल्लीमा भएको अटो एक्स्पोको ‘अटो ट्रेड डायलग’मा नाडा पनि सहभागी


४ माघ २०७९, बुधबार  

6
Shares

काठमाडौं । भारतको इण्डीया एक्सपो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा पौष २९ गते देखि शुरु भएको १६औं अटो एक्सपोको बुधबार समापन भएको छ ।

नाडाका अध्यक्ष ध्रवु थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले सो प्रदर्शनीको अवलोकन भ्रमण सम्पन्न गरेको थियो । नाडाका केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहित १५० भन्दा बढी सदस्यहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए । सो प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इण्डियन मेनुफेकचरिङ्क एशोसिएशनले पहिलो पटक पौष ३० गते इण्डीया एक्सपो मार्ट, गे्रटर नोइडामा आयोजना गरेको अटो ट्रेड डायलगमा नाडाका अध्यक्ष थापाले नेपालको अटोमोवाइल क्षेत्रको चुनौति र समस्याहरुका बारेमा आफनो धारणा राखेका थिए भने नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाल अटो मार्केट एण्ड पोलीसी ट्रेण्डका विषयमा विशेष प्रस्तुती दिएको थियो ।

त्यसैगरी सो डाइलग कार्यक्रममा सिलोन मोटर ट्रेडर्स एशोसिएशनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोवाइल एसेम्बलर एण्ड मेनुफेक्चरिङ्ग एशोसिएशनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफनो देशको अटोमोवाइल व्यवसायका चुनौतिहरु बारे चर्चा गरेका थिए । सो डाइलगको सेसन मोडरटेर सियामका स्ट्रयाटिजी ब्राण्ड एण्ड कम्मुनिकेशन, भि।इ कमर्सियल भेहिकल्सका सिनियर भाइस प्रेसिडेण्ट भगवान विण्डीगनाभिले गरेका थिए । सो डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

१६औं अटो एक्सपो (कम्पोनेण्टमा) नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु लगायत नाडाका सदस्य कम्पनीहरुले उल्लेख्य मात्रमा अवलोकन भ्रमण गरेका थिए । यसबाट नाडाको सियाम र एक्मा विचको पारस्परिक सम्बन्ध थप मजबुत भएको बताइएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ४ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था