२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

मलाई के थाहा



आहा ! आज त मेरो पहिलो विमान यात्रा
कति रमाइलो, अझै बेरसम्म उडिरहोस न 
म पनि यही जहाजसँगै पतङ्ग भएको छु 
पहिलोचोटि बल्ल भुइँ छोड्न पाएको छु
तर मलाई के थाहा 
आखिर भुइँ छोडेपछि मैले 
संसार नै छोड्न लेखेको रैछ भनेर ।। 

म त डाक्टर
मैले त कयौं बिरामीको अनवरत उपचार गर्छु 
मलाई कतिले त भगवान भन्छन् 
तर मलाई के थाहा 
मेरो भगवानको अगाडि म जेसुकै भएनि ,
केही नचल्दो रहेछ।।
एकाएक म आफैँ बिरामी भएको अनुभूत गरेको थिएँ 
तर मलाई के थाहा 
चितामा नराख्दै मलाई जल्न लेखेको रैछ भनेर।।

म त घुम्न आएको 
ओहो ,पोखरा सहर कस्तो नै होला
भन्ने कल्पना गर्दै अब आइसक्यो भन्दै थिएँ 
तर मलाई के थाहा 
आएको त मेरो काल रहेछ ।।
म त माथिबाट दृश्य सबैलाई देखाउँदै थिएँ 
तर मलाई के थाहा 
अब उनीहरूले मलाई नै देख्न पाउँदैनन् भनेर।।

म त चालक,
पुरानो विमानमा नयाँ सपना बोकेर हिँडिरहेको छु
सबैको ज्यानको जिम्मा लिएर
सेतो पहिरनमा कालो जुत्ता लगाएर 
तर मलाई के थाहा 
आज मै माथि सेतो कात्रो ओढाइन्छ भनेर ।। 

ल आयो धावन मार्ग भन्दै
विमान ओराल्दै के थिएँ 
एक्कासि खै के चलेन, लौ न के गरूँ 
भो अब सक्दिन, सबैलाई बचाउन सक्दिन
कोही त बाँच्ला बरु भनेर 
दिशा मोडेँ सेती तर्फ
तर मलाई के थाहा 
हामी सबैको जिन्दगी त्यहीँ मोडिन लेखेको रैछ भनेर ।। 

म त पत्रकार 
सोधपुछमा व्यस्त हुन्थेँ 
जनताको निम्ति सधैँ तातेको म 
मलाई के थाहा
आज एक्कासि सेलाउन लेखेको रैछ भनेर।। 
मैले त अरुका खबर 
जनता सामु पस्किन्थेँ 
तर मलाई के थाहा 
आज मै जनताको खबरको पात्र बन्छु भनेर ।। 

म त कलाकार 
सबैलाई मनोरञ्जन गराउँदै 
उनीहरूका भावनासँग ठोक्किँदै हिँड्छु 
तर मलाई के थाहा 
मेरो आयु कहाँ यो खोचमा आएर ठोक्किन लेखेको रैछ भनेर ।। 

हामी त पर्यटक 
अनेक देशबाट यहाँको दृश्य हेर्न आएका 
तर हामीलाई के थाहा 
आज हामी यहीँ खरानी हुँदा
 नेपालीहरू पर्यटक बनेर हामी जलेको दृश्य हेर्छन् भनेर।।
अझ मेरो नेपालको पहिलो दिन 
मलाई के थाहा 
मेरो नेपालको पहिलो दिन नै 
अन्तिम रैछ भनेर ।। 

म त एउटा कवि
मैले त विषय पाए कविता लेख्छु 
मनका भावना शब्दहरूमा पखाल्छु 
तर मलाई के थाहा 
यो लेखाइले मेरा आँखा पखाल्छन् भनेर।। 
मलाई दीर्घायुको शुभकामना दिन्छन् 
तर मलाई के थाहा 
मेरो आयु कति छ भनेर ।।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको