१० श्रावण २०८३, आइतबार । July 26, 2026

मलाई के थाहा



आहा ! आज त मेरो पहिलो विमान यात्रा
कति रमाइलो, अझै बेरसम्म उडिरहोस न 
म पनि यही जहाजसँगै पतङ्ग भएको छु 
पहिलोचोटि बल्ल भुइँ छोड्न पाएको छु
तर मलाई के थाहा 
आखिर भुइँ छोडेपछि मैले 
संसार नै छोड्न लेखेको रैछ भनेर ।। 

म त डाक्टर
मैले त कयौं बिरामीको अनवरत उपचार गर्छु 
मलाई कतिले त भगवान भन्छन् 
तर मलाई के थाहा 
मेरो भगवानको अगाडि म जेसुकै भएनि ,
केही नचल्दो रहेछ।।
एकाएक म आफैँ बिरामी भएको अनुभूत गरेको थिएँ 
तर मलाई के थाहा 
चितामा नराख्दै मलाई जल्न लेखेको रैछ भनेर।।

म त घुम्न आएको 
ओहो ,पोखरा सहर कस्तो नै होला
भन्ने कल्पना गर्दै अब आइसक्यो भन्दै थिएँ 
तर मलाई के थाहा 
आएको त मेरो काल रहेछ ।।
म त माथिबाट दृश्य सबैलाई देखाउँदै थिएँ 
तर मलाई के थाहा 
अब उनीहरूले मलाई नै देख्न पाउँदैनन् भनेर।।

म त चालक,
पुरानो विमानमा नयाँ सपना बोकेर हिँडिरहेको छु
सबैको ज्यानको जिम्मा लिएर
सेतो पहिरनमा कालो जुत्ता लगाएर 
तर मलाई के थाहा 
आज मै माथि सेतो कात्रो ओढाइन्छ भनेर ।। 

ल आयो धावन मार्ग भन्दै
विमान ओराल्दै के थिएँ 
एक्कासि खै के चलेन, लौ न के गरूँ 
भो अब सक्दिन, सबैलाई बचाउन सक्दिन
कोही त बाँच्ला बरु भनेर 
दिशा मोडेँ सेती तर्फ
तर मलाई के थाहा 
हामी सबैको जिन्दगी त्यहीँ मोडिन लेखेको रैछ भनेर ।। 

म त पत्रकार 
सोधपुछमा व्यस्त हुन्थेँ 
जनताको निम्ति सधैँ तातेको म 
मलाई के थाहा
आज एक्कासि सेलाउन लेखेको रैछ भनेर।। 
मैले त अरुका खबर 
जनता सामु पस्किन्थेँ 
तर मलाई के थाहा 
आज मै जनताको खबरको पात्र बन्छु भनेर ।। 

म त कलाकार 
सबैलाई मनोरञ्जन गराउँदै 
उनीहरूका भावनासँग ठोक्किँदै हिँड्छु 
तर मलाई के थाहा 
मेरो आयु कहाँ यो खोचमा आएर ठोक्किन लेखेको रैछ भनेर ।। 

हामी त पर्यटक 
अनेक देशबाट यहाँको दृश्य हेर्न आएका 
तर हामीलाई के थाहा 
आज हामी यहीँ खरानी हुँदा
 नेपालीहरू पर्यटक बनेर हामी जलेको दृश्य हेर्छन् भनेर।।
अझ मेरो नेपालको पहिलो दिन 
मलाई के थाहा 
मेरो नेपालको पहिलो दिन नै 
अन्तिम रैछ भनेर ।। 

म त एउटा कवि
मैले त विषय पाए कविता लेख्छु 
मनका भावना शब्दहरूमा पखाल्छु 
तर मलाई के थाहा 
यो लेखाइले मेरा आँखा पखाल्छन् भनेर।। 
मलाई दीर्घायुको शुभकामना दिन्छन् 
तर मलाई के थाहा 
मेरो आयु कति छ भनेर ।।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर