२७ माघ २०८२, सोमबार । February 10, 2026

यस्तो छ पोखरामा दुर्घटनामा परेको विमानको इतिहास



काठमाडौं । आइतबार बिहान ११ बजेर १० मिनेटमा पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानले विगत १५ बर्षदेखी आफ्नो उडान गर्दै आएको थियो ।

७ सय ५४ सिरियल नम्बर रहेको यति एयरको एटिआर ७२–५०० नम्बरको उक्त विमान नेपालमा ९ एन–एएनसी कलसाइन नम्बरमा दर्ता भएर उडान भरिरहेको थियो । डबल इन्जिनको उक्त विमानलाई सन २००७ मा फ्रान्स–इटालियन कन्जोर्टियमले बनाएको थियो । यो विमानले पहिलोपटक २००७ अगस्ट १ मा पहिलो पटक आफ्नो उडान यात्रा आरम्भ गरेको थियो ।

विमानलाई सन २००७ मा निर्माण कम्पनीले भारतीय किंगफिसर एयरलाइन्सलाई विक्रि गरेको थियो । किंगफिसरले उक्त विमानलाई भीटी–केएजे कलसाइनमा झन्डै ७ बर्ष ३० मार्च २०१३ सम्म उडाएको थियो । २०१३ अप्रिलमा किंगफिसर उक्त विमानलाई थाइल्यान्डको नोको एयरलाई बेचेको थियो ।

नोको एयरले कलसाइन नम्बर एचएस–डीआरडी मा झन्डै ६ बर्ष २०१९ अप्रिल सम्म उडाएको थियो । भने २०१९ अप्रिल २० मा एनओके संग उक्त विमान यती एयरलान्सले किनेको थियो । निर्माण भएको झन्डै १२ बर्षमा नेपाल भित्रिएको उक्त विमानले झन्डै ३ बर्षदेखी आफ्नो उडान भरिरहेको थियो ।

यसै बर्ष मात्रै यती एयरलाइन्सकै २ वटा विमान दुर्घटनामा परेका छन् । २०७९ जेठ १५ गते यती एयरको भगिनी संस्था तारा एयरको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालक दलका सदस्य सहित २२ जनाको ज्यान गएको थियो । आइतबार भएको दुर्घटना गरि नेपालको हवाई इतिहासमा हालसम्म ५८ औँ विमान दुर्घटनाका घटना भइसकेको छन् ।

नेपालको आन्तरिक उडानमा आइतबारको विमान दुर्घटना हालसम्मकै ठुलो र धेरै संख्यामा मृत्यु भएको विमान दुर्घटना हो । नेपालको हवाई क्षेत्रमा एटीआर जहाज सबैभन्दा सुरक्षीत मानिन्छ । हाल नेपालमा २० वटा एटिआर जहाज रहेका थिए । जसमध्य बुद्ध एयरसँग सबैभन्दा धेरै १४ वटा र यती एयरसंग ६ वटा रहेका थिए ।

तर यती एयरको एटिआर ७२ –५०० विमान आइतबार दुर्घटना भएपछि अब नेपालमा १९ वटा मात्रै एटिआर विमान रहेका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Building Bridges in Kathmandu: A Day in the Life of a Russian Diplomat in Nepal

Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February,

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी