३ पुस २०८२, बिहिबार । December 19, 2025

यस्तो छ पोखरामा दुर्घटनामा परेको विमानको इतिहास



काठमाडौं । आइतबार बिहान ११ बजेर १० मिनेटमा पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानले विगत १५ बर्षदेखी आफ्नो उडान गर्दै आएको थियो ।

७ सय ५४ सिरियल नम्बर रहेको यति एयरको एटिआर ७२–५०० नम्बरको उक्त विमान नेपालमा ९ एन–एएनसी कलसाइन नम्बरमा दर्ता भएर उडान भरिरहेको थियो । डबल इन्जिनको उक्त विमानलाई सन २००७ मा फ्रान्स–इटालियन कन्जोर्टियमले बनाएको थियो । यो विमानले पहिलोपटक २००७ अगस्ट १ मा पहिलो पटक आफ्नो उडान यात्रा आरम्भ गरेको थियो ।

विमानलाई सन २००७ मा निर्माण कम्पनीले भारतीय किंगफिसर एयरलाइन्सलाई विक्रि गरेको थियो । किंगफिसरले उक्त विमानलाई भीटी–केएजे कलसाइनमा झन्डै ७ बर्ष ३० मार्च २०१३ सम्म उडाएको थियो । २०१३ अप्रिलमा किंगफिसर उक्त विमानलाई थाइल्यान्डको नोको एयरलाई बेचेको थियो ।

नोको एयरले कलसाइन नम्बर एचएस–डीआरडी मा झन्डै ६ बर्ष २०१९ अप्रिल सम्म उडाएको थियो । भने २०१९ अप्रिल २० मा एनओके संग उक्त विमान यती एयरलान्सले किनेको थियो । निर्माण भएको झन्डै १२ बर्षमा नेपाल भित्रिएको उक्त विमानले झन्डै ३ बर्षदेखी आफ्नो उडान भरिरहेको थियो ।

यसै बर्ष मात्रै यती एयरलाइन्सकै २ वटा विमान दुर्घटनामा परेका छन् । २०७९ जेठ १५ गते यती एयरको भगिनी संस्था तारा एयरको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालक दलका सदस्य सहित २२ जनाको ज्यान गएको थियो । आइतबार भएको दुर्घटना गरि नेपालको हवाई इतिहासमा हालसम्म ५८ औँ विमान दुर्घटनाका घटना भइसकेको छन् ।

नेपालको आन्तरिक उडानमा आइतबारको विमान दुर्घटना हालसम्मकै ठुलो र धेरै संख्यामा मृत्यु भएको विमान दुर्घटना हो । नेपालको हवाई क्षेत्रमा एटीआर जहाज सबैभन्दा सुरक्षीत मानिन्छ । हाल नेपालमा २० वटा एटिआर जहाज रहेका थिए । जसमध्य बुद्ध एयरसँग सबैभन्दा धेरै १४ वटा र यती एयरसंग ६ वटा रहेका थिए ।

तर यती एयरको एटिआर ७२ –५०० विमान आइतबार दुर्घटना भएपछि अब नेपालमा १९ वटा मात्रै एटिआर विमान रहेका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले