६ आश्विन २०८३, मंगलबार । September 22, 2026

विदेशी चलचित्रमा मूल्य अनुसारको कर लागू गर्न माग


२९ पुस २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले विदेशी फिल्म नेपालमा भित्र्याउँदा उनीहरुबाट किनेर ल्याएको मूल्य अनुसारको कर लागू गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई आग्रह गरेका छन् ।

शुक्रवार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको वृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विदेशी फिल्म किनेर ल्याएको मूल्यअनुसारको कर नउठाउने बोर्डको नीति न्यायोचित नभएको पनि बताए । अध्यक्ष खड्काले विदेशी फिल्म ल्याउँदा त्यसको कर होलसेलमा लिने नीतिले देशलाई घाटा हुने बताए ।

उनले चलचित्र व्यपार मात्रै नभएको भन्दै भाषा, संस्कृति, कला, भेषभुषा, राष्ट्रको विम्व भएको समेत उल्लेख गरेका छन् । कला, साहित्य देशको मेरुदण्ड भएकाले व्यापारको नाममा सहजै विदेशी चलचित्रहरुलाई निर्यात गरेर नेपाली चलचित्रहरुलाई अफ्ठयारो पार्ने स्थिति बन्द गर्नुपर्ने उनको भनाई छ ।

उनले नेपाली फिल्महरु हलमा चलेको पहिलो दिन नेपाली फिल्महरुलाई ६० प्रतिशतसम्म हलहरु उपलब्ध गराउनुपर्ने माग राखेका छन् । अध्यक्ष खड्काले नेपाली चलचित्रमा लिइँदै आएको स्थानीय कर छुट गर्नुपर्ने र स्थानीय कर छुट निर्मातालाई फिर्ता दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा