२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

नेप्सेका शेयरधनीलाई प्रमाणपत्रको सट्टा डिम्याटमा शेयर दिने


२९ पुस २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शेयरधनीहरुलाई शेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा शेयर दिने भएको छ ।

नेप्सेले नेप्सेका शेयर धनीहरुलाई नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर शेयरधनीलाई डिम्याटमा शेयर दिने तयारीमा रहेको बताएको छ । शुक्रवार नेप्सेको ४१ औं वार्षिक साधरणसभामा बोल्दै सहायक प्रवन्धक निरञ्जन फुयाँलले नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर शेयरधनीलाई डिम्याटमा शेयर दिने तयारीमा रहेको बताए ।

उनले अर्थ मन्त्रालयको पत्रको आधारमा धितोपत्र बोर्डले नेप्सेमा सूचिकृतको लागि स्वीकृति दिए छिटै शेयरधनीलाई डिम्याटमा शेयर दिने बताए । उनले नेप्सेको शेयरलाई नेप्सेमा सूचिकृत गर्ने प्रक्रियामा प्रयास भइरहेको पनि उल्लेख गरे । त्यस्तै कार्यक्रममा बोल्दै नेप्सेका अध्यक्ष चक्रबहादुर बुढाले नेप्सेको बजारको कारोबार परिणाम,अर्थतन्त्रका पक्ष,सूचिकृत कम्पनीको आर्थिक अवस्था र लगानीकर्ताको मनोविज्ञानमा आधारित हुने भएकाले आयमा सुनिश्चितता ल्याउन चुनौति रहेको बताए ।

उनले लगानीकर्ताको बढ्दो संख्यालाई सेवा पु¥याउन अनलाइन कारोबार प्रणालीलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बताएका छन् । बजारमा संस्थागत लगानीकर्ताहरुको संख्या बढाएर उनीहरुको सक्रिय सहभागिता बढाउनु आवश्यक रहेको उनको भनाई छ ।

त्यस्तै नेप्सेको साधरण सभाले चुक्ता पुँजी १ अर्बमा नियमानुसार लाग्ने करसहित शतप्रतिशत नगद लाभांश (एक अर्ब रुपैयाँ) वितरण गर्ने भएको छ । नेप्सेले गत आर्थिक वर्षमा चुक्ता पुँजी ६० करोडको १०० प्रतिशत नगद नाभांश ६६.६७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ