१ जेष्ठ २०८२, बुधबार । May 14, 2025

टेलिकमले ‘विन्टर अफर’ उपलब्ध गराउने



काठमाडौं । नेपाल टेलिकमले बिहिबारदेखी लागु हुनेगरि विन्टर अफर उपलब्ध गराउने भएको छ ।

कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो । विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।

यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रु एक सय ९९ देखि रु छ सय ९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन् । यस अफरअन्तर्गत रु छ सय ९९ मा २८ दिनका लागि कूल २८ जिबी डाटा (दैनिक एक जिबी), दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक सय सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको टेलिकमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यीबाहेक पहिलादेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हङकङसँग ७ विकेटले पराजित भयो नेपाल, ग्लोबल छनोट यात्रा कठिन

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको आजको खेलमा

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ९ अर्ब नाघ्यो

काठमाडौं । नेपाल शेयर बजार मङ्गलबार पुनः दोहोरो अंकले घट्दै

महिला टी–२० विश्वकप छनोटः नेपालले हङकङलाई दियो ३० रनको लक्ष्य

काठमाडौं । थाइल्यान्डको एआईटी मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप

रोशी खोलाको बाढीले अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि १५ घण्टा अवरुद्ध

साफ यू-१९ः सेमिफाइनल पुगिसकेको नेपाल र भारत भिड्दै

काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले