५ चैत्र २०८१, बुधबार । March 19, 2025

तनहुँमा चार सय ३७ अपराधका उजुरी



तनहुँ । तनहुँमा एक वर्षमा चार सय ३७ अपराधका उजुरी दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उक्त अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् । घरेलु हिंसाका दुई सय १७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए । त्यस्तै आत्महत्याका ९८, भवितव्य ज्यानका ७९ र अन्य सार्वजनिक अपराधका ४७ वटा घटनाको उजुरी दर्ता भएको प्रहरी निरीक्षक विष्टले बताए ।

उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६–७७ मा तनहुँमा चार सय १७ र आव २०७८–७८ मा तीन सय ९७ वटा अपराधका घटनामा उजुरी दर्ता भएको थियो । महिला तथा बालबालिकाविरुद्ध हुने अपराधका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना रहेका छन् । त्यसबाहेक जबर्जस्ती करणी, जबर्जस्ती करणी प्रयास, बहुविवाह, बालविवाह, मानव बेचबिखन र बोक्सीको आरोपका घटना रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा चिनजानका व्यक्तिबाट महिला तथा बालबालिकाविरुद्धका अपराध भएका छन् । परिवारका सदस्य, आफन्त, शिक्षक, नातेदार तथा छिमेकी नै महिला तथा बालबालिकाविरुद्धको अपराधका घटनामा संलग्न भएको प्रहरीको तथ्याङ्क छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल अपराध नियन्त्रणका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

आपराधिक घटना तथा क्रियाकलापलाई न्यूनीकरण गरी समाजलाई शान्ति र सुव्यवस्थामा लैजान प्रहरी तथा स्थानीय प्रशासनलाई सबैले सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन

रेकर्ड तोड्दै उकालो लाग्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख

सिन्धुपाल्चोकको महिला टोली ‘ग्रेट हिमालय ट्रेल’ पदयात्रामा

सिन्धुपाल्चोकको एक महिला टोली १ हजार ७ सय किलोमिटर लामो

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर