काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले आज राति १२ देखि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाएको छ ।
यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
मूल्य घटाउन निर्देशन दिन दिउँसो साढे ३ बजे प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिव मधु मरासीनी र निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।
![](https://i0.wp.com/gonewsnepal.com/wp-content/uploads/2023/01/nepal-oil-nigam-541x768.jpg?resize=541%2C768&ssl=1)
प्रतिक्रिया