९ बैशाख २०८३, बुधबार । April 22, 2026

भेरी नदीमा अस्थायी पुल बनेसँगै डोल्पामा यातायात सेवा


२४ पुस २०७९, आइतबार  

6
Shares

जाजरकोट । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको छ ।

मजदुरले ज्याला नपाएको जनाउँदै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएका थिए । सो समस्या समाधान भएपछि आइतबारबाट डोल्पा सिधा यातायात सेवा सञ्चालन भएको हो । सडक डिभिजन चौहरजहारीसँग समन्वय गरेर नेपालगञ्जबाट सिधा विकास निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा स्थानीय कामदार र जग्गाधनी मिलेर डोल्पा आउने मालवाहक गाडीलगायतका सवारीसाधन रोक लगाएका थिए ।

आइतबारका दिनदेखि डोल्पा जाने सवारीसाधनलाई कुनै पनि रोकावट नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए । स्थानीय कामदार र जग्गाधनीले अवरोध गर्न खोज्दा समस्या भए पनि अब कुनै रोकावट नहुने र काठमाडौँ–नेपालगञ्जलगायतका अन्य जिल्लाबाट सिधैँ सवारीसाधन डोल्पा पुग्ने व्यवस्था मिलाइएको उनको भनाई छ । “रुकुमपश्चिम र जाजरकोटले पुलका दुवैतिर प्रहरी गस्ती खटाएको छ, अब यायायात तथा ढुवानी व्यवसायीले ढुक्कसँग गाडी लैजाँदा हुन्छ । यदि त्यहाँ प्रहरीले पनि सहजीकरण गरेन भने सिधा मलाई फोन गर्नु”, प्रजिअ न्यौपानेले भने ।

दुवै जिल्लाका प्रहरीको टोलीले पुलको दुवैतिर लगाएको तारजाली र ताला हिजो नै हटाएको नलगाड नगरपालिका–१२ का वडासचिव रामप्रसाद शर्माले जानकारी दिए । दुवै जिल्लाका प्रहरीले गस्ती गरिरहेको र सवारीसाधन पुलबाटै आवत जावत भइरहेको उनले बताए । अब नेपालगञ्जबाट सिधैँ डोल्पा गाडी आउँदा यात्रु तथा ढुवानी भाडादरसमेत घट्ने भएको छ । यही ठाउँमा नयाँ पुल निर्माणको कामसमेत चलिरहेको छ ।

अघिल्लो वर्ष निर्माण भइसक्नुपर्ने पुल यस वर्ष मात्र निर्माण सुरु गरिएको छ । अबको दुई महिनाभित्र पुल निर्माण सम्पन्न हुने निर्माण व्यवसायी बुद्धीबहादुर खत्रीले बताए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित