१ कार्तिक २०८३, आइतबार । October 19, 2026

लुम्बिनी चिनी उद्योगमा लागेको ताला खुल्यो


२१ पुस २०७९, बिहिबार  

6
Shares

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले पाँच दिनभित्र उद्योगको वायु प्रदूषण नियन्त्रण गर्ने सहमति भएपछि उद्योगमा लागेको ताला खुलेको छ ।

पुसको दोस्रो सातादेखि सञ्चालनमा आएको लुम्बिनी चिनी उद्योगले स्थानीयसँग गरेको सहमतिविपरीत उद्योगमा इन्धनको रूपमा धानको भुस प्रयोग गरी वातावरणमा खरानी उठाएको विषयलाई लिएर उद्योगको गेटमा तालाबन्दी गरेका थिए । सुनवलको बजार क्षेत्रमा व्यापक रूपमा धुलो उडाएको, उद्योग सञ्चालन पूर्व उद्योग क्षेत्रका नालाहरू सरसफाइ गर्नुपर्ने लगायतका विषयहरूको कार्यान्वयन नगरेको भन्दै स्थानीयवासीले मङ्गलवार उद्योगको मूल गेटमा तालाबन्दी गरेका थिए । उद्योग सञ्चालक स्थानीयवासी, सुनवल नगरपालिकाका जन निर्वाचित प्रतिनिधिहरू लगायतको संयुक्त छलफलबाट उद्योगलाई उपकरणहरू मर्मत गरी प्रदूषण नियन्त्रणका लागि ५ दिनको समय दिने सहमति भएपछि उद्योग पुनः सञ्चालनमा आएको सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले बताइन् ।

प्रदूषण नियन्त्रण गर्न भन्दै स्थानीयवासीले गत मङ्गलवार ताला लगाएको अवस्थामा बुधवार राति उद्योग र केही स्थानीय मानिसको समूहले रातिको समयमा गेटमा लगाइएको ताला खोलेपछि उद्योग सञ्चालकसँग केहीबेर स्थानीयवासी आक्रोशित बनेका थिए । इन्धनको रूपमा धानको भुस बालेपछि उद्योगको चिम्नीबाट जलेको भुसका टुक्रासहित  कालो खरानी सुनवल क्षेत्रका बजारमा व्यापक रूपमा उडेपछि स्थानीयहरू विरोधमा उत्रिएका हुन् ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १२ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि