२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

लुम्बिनी चिनी उद्योगमा लागेको ताला खुल्यो


२१ पुस २०७९, बिहिबार  

6
Shares

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले पाँच दिनभित्र उद्योगको वायु प्रदूषण नियन्त्रण गर्ने सहमति भएपछि उद्योगमा लागेको ताला खुलेको छ ।

पुसको दोस्रो सातादेखि सञ्चालनमा आएको लुम्बिनी चिनी उद्योगले स्थानीयसँग गरेको सहमतिविपरीत उद्योगमा इन्धनको रूपमा धानको भुस प्रयोग गरी वातावरणमा खरानी उठाएको विषयलाई लिएर उद्योगको गेटमा तालाबन्दी गरेका थिए । सुनवलको बजार क्षेत्रमा व्यापक रूपमा धुलो उडाएको, उद्योग सञ्चालन पूर्व उद्योग क्षेत्रका नालाहरू सरसफाइ गर्नुपर्ने लगायतका विषयहरूको कार्यान्वयन नगरेको भन्दै स्थानीयवासीले मङ्गलवार उद्योगको मूल गेटमा तालाबन्दी गरेका थिए । उद्योग सञ्चालक स्थानीयवासी, सुनवल नगरपालिकाका जन निर्वाचित प्रतिनिधिहरू लगायतको संयुक्त छलफलबाट उद्योगलाई उपकरणहरू मर्मत गरी प्रदूषण नियन्त्रणका लागि ५ दिनको समय दिने सहमति भएपछि उद्योग पुनः सञ्चालनमा आएको सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले बताइन् ।

प्रदूषण नियन्त्रण गर्न भन्दै स्थानीयवासीले गत मङ्गलवार ताला लगाएको अवस्थामा बुधवार राति उद्योग र केही स्थानीय मानिसको समूहले रातिको समयमा गेटमा लगाइएको ताला खोलेपछि उद्योग सञ्चालकसँग केहीबेर स्थानीयवासी आक्रोशित बनेका थिए । इन्धनको रूपमा धानको भुस बालेपछि उद्योगको चिम्नीबाट जलेको भुसका टुक्रासहित  कालो खरानी सुनवल क्षेत्रका बजारमा व्यापक रूपमा उडेपछि स्थानीयहरू विरोधमा उत्रिएका हुन् ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १२ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ